विदेशी विनिमय सञ्चिति २७.८ प्रतिशतले बढ्यो, कति पुग्यो ?

विदेशी विनिमय सञ्चिति २७.८ प्रतिशतले बढ्यो, कति पुग्यो ?

बुधवार, असार २६ २०८१
बुधवार, असार २६ २०८१
  • विदेशी विनिमय सञ्चिति २७.८ प्रतिशतले बढ्यो, कति पुग्यो ?

    काठमाडौँ / चालु आर्थिक बर्षको ११ महिनामा कुल विदेशी विनिमय सञ्चिति २७.८ प्रतिशतले बृद्धि भएको छ । 

    images
    images

    नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ तथ्याङ्कले यस्तो देखाएको हो । 

    २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २७.८ प्रतिशतले वृद्धि भई २०८१
    जेठ मसान्तमा १९ खर्ब ६७ अर्ब १९ करोड पुगेको हो । 

    अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ जेठ मसान्तमा २५.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ७२ करोड पुगेको छ ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाा रहेकोमा २०८१ जेठ मसान्तमा ३०.२ प्रतिशतले वृद्धि भई १७ खर्ब ५२ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । 

    बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८१ जेठ मसान्तमा १०.८ प्रतिशतले वृद्घि भई २ खर्ब १४ अर्ब ४२ करोड रुपैयाँ कायम भएको छ । 

    २०८१ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय