वर्षाको कारण हरियो तरकारीको भाउ बढ्यो, गोलभेँडा प्रतिकेजी सय, मुडेको आलु ५० रुपैयाँ, अन्य कुन कति ?

वर्षाको कारण हरियो तरकारीको भाउ बढ्यो, गोलभेँडा प्रतिकेजी सय, मुडेको आलु ५० रुपैयाँ, अन्य कुन कति ?

सोमवार, असार २४ २०८१
सोमवार, असार २४ २०८१
  • images
    images
    वर्षाको कारण हरियो तरकारीको भाउ बढ्यो, गोलभेँडा प्रतिकेजी सय, मुडेको आलु ५० रुपैयाँ, अन्य कुन कति ?
    images
    images

    काठमाडौंमा केही हरिया तरकारी तथा फलफूलको भाउ ह्वात्तै बढेको छ । मुलुकभर निरन्तर परेको पानीका कारण मुलुकका विभिन्न स्थानमा बाढी पहिरो गएको छ भने, राजधानी आउने मूख्य तथा साहायक राजमार्गहरु पनि अवरोध भएका छन् । 

    निरन्तर परेको झरीका कारण किसानको खेतमै तरकारी बसेको छ । यता ढुवानीमा समस्या हुँदा राजधानीमा तरकारी कम आउँदा मूल्य केही बढ्न पुगेको छ । आज ठूलो गोलभेँडा नेपाली केजीको सय रुपैयाँ पुगेको छ । केही दिन अघिसम्म गोलभेँडा विहिबारसम्म पनि ठूलो गोलभेँडा नेपाली ६० रुपैयाँ केजीसम्म पाइन्थ्यो । यस्तैगरी २० रुपैयाँ केजीमै पाइरहेको सानो लोकल गोलभेँडा अहिले  ५० रुपैयाँ पुगेको छ ।  यस्तैगरी गोलभेडा सानो (टनेल)को  अधिकतम ७० रुपैयाँ रहेको छ । 

    त्यस्तैगरी आलु रातो६४ रुपैयाँ रहेको छ । गत बुधबार ६० रुपैयाँसम्म पथ्र्यो । आलु रातो (भारतीय)५६ रुपैयाँ, मुडेको रातो आलु ५० रुपैयाँ प्रतिकेजी, प्याज सुकेको (भारतीय) ९० बन्दा (लोकल)  केजीको ४० रुपैयाँ सम्म पर्ने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । 


    बाढि पहिरोका कारण विशेष गरी हरियो तरकारी तथा फलफूलमा केही भाउ फरक पर्न गएको हो । 
    काउली स्थानिय ६० रुपैयाँ  ज्यापु काउली ९० रुपैयाँसम्म पर्दछ ।  यस्तैगरी 
    मूला सेतो (लोकल) ४० रुपैयाँदेखि ५० रुपैयाँ सम्म रहेको छ । भन्टा लाम्चो ७० रुपैयाँ, भन्टा डल्लो भने ८० रुपैयाँसम्म रहेको छ ।  

    तपाई बोडी (तने) लिने हो भने  अधिकतम ६० रुपैयाँसम्म पर्दछ । मकै बोडी ९० रुपैयाँसम्म रहेको छ ।  यस्तैगरी घिउ सिमी (लोकल) ९०, 
    घिउ सिमी (हाइब्रीड) ११०, भटमासकोशा ८०, तितो करेला ५०, लौका ६०, परवर (लोकल) ३०, चिचिण्डो ५०, घिरौला ८०, 
    भिण्डी  ६०, स्कूस ७०, च्याउ (कन्य) १५० देखि १८० रुपैयाँसम्म पर्दछ ।  यस्तैगरी च्याउ (डल्ले) ३०० रुपैयाँ कुरीलो २५० रुपैयाँ 
    ब्रोकाउली ११० रुपैयाँसम्म रहेको जनाएको छ ।

    अन्य तरकारीको मूल्य विवरण यस्तो छः 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com