नौबिसे नागढुङ्गा सडक आज र भोलि राति बन्द हुने

नौबिसे नागढुङ्गा सडक आज र भोलि राति बन्द हुने

बुधवार, असार १९ २०८१
बुधवार, असार १९ २०८१
  • images
    images
    नौबिसे नागढुङ्गा सडक आज र भोलि राति बन्द हुने
    images
    images

    मलेखु (धादिङ) / नौबिसे नागढुङ्गा सडकखण्ड आज र भोलि राति बन्द गरिने भएको छ । त्रिभुवन राजथपअन्तर्गत पर्ने नौबिसे खोलामा बन्दै गरेको पुलको काम गर्न लागिएकाले सम्भावित जोखिमलाई मध्यनजर गरी आज र भोलि राति १० बजेदेखि बिहान ३ बजेसम्म दुईतर्फी सडक बन्द गर्न लागिएको हो ।

    दिउँसोको समयमा गाडीको चाप बढी हुने भएकाले रातिको समयमा पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको नागढुङ्गा मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)का सिनियर डिभिज्नन इञ्जिनियर ईश्वरबहादुर रिजालले जानकारी दिए । 

    “पुलको आरसिसी विम (प्रिकास्ट ब्रिज गर्डर) पुलभन्दा बाहिरको जमिनमा बनाइएको छ । त्यसलाई क्रेनले उचालेर पुलको दुवैतर्फको पिल्लर (एभिडमेन्ट)मा राख्नुपर्नेछ”, इञ्जिनियर रिजालले भने, “नयाँ पुलमा का गर्ने भए पनि पुरानो पुलसँगै रहेकाले आइपर्नसक्ने जोखिमलाई मध्यनजर गरी सवारी रोकेर काम गर्न लागिएको हो ।”

    हेभी इक्पिमेन्टको प्रयोग भइरहँदा सवारीसाधन आवागमनमा बाधा पर्न जाने भएकाले  सवारीको चाप नहुने समय (रातिको समय)मा काम गर्न लागिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए । 

    मिश्रका अनुसार एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक अन्य सवारीसाधनलाई पूर्ण रूपमा रोकिने छ । 

    चालकलाई आफ्नो लेन अनुशासन कायम राख्न र जथाभावी ओभरटेक नगर्न सूचना जारी गरिएको पनि उनले बताए । 

    उक्त समयमा दुईपाङ्ग्रे तथा साना सवारीसाधन प्रयोगकर्ताले वैकल्पिक मार्गको रूपमा धार्के सीतापाइला सडक प्रयोग गर्न सक्नेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com