सर्वोच्चको आदेश – सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया नरोक्नु

सर्वोच्चको आदेश – सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया नरोक्नु

मंगलवार, असार १८ २०८१
मंगलवार, असार १८ २०८१
  • images
    images
    सर्वोच्चको आदेश – सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया नरोक्नु
    images
    images

    सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिको प्रक्रिया नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। 

    न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले आज रिटमाथिको सुनुवाइ गर्दै सरकारका नाममा उक्त आदेश जारी गरेको हो । 

    सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै यही असार २१ गते दुवै पक्षलाई छलफलका लागि समेत बोलाएको अदालतका प्रवक्ता गोविन्द घिमिरेले जानकारी  बताए ।

    अध्यक्ष नियुक्तिका लागि सर्टलिस्टमा परेका पाँच जनामध्ये तीन जना अन्तर्वार्तामा अनुपस्थित भएको भन्दै अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले उक्त प्रक्रिया नै रद्द गर्ने निर्णय गरेको थियो । 

    सोही नियुक्तिका लागि सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठले प्रक्रिया रद्द गर्ने समितिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर  गरेका थिए ।

    सरकारले उक्त प्रक्रिया रद्द गरी पुरानै सदस्यहरु रहने गरी अध्यक्ष नियुक्तिका लागि नयाँ समिति समेत गठन गरिसकेको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com