बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ६३ खर्बले नाघ्यो, सिडि रेसिया ७९.७१ प्रतिशत मात्रै

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ६३ खर्बले नाघ्यो, सिडि रेसिया ७९.७१ प्रतिशत मात्रै

सोमवार, असार १७ २०८१
सोमवार, असार १७ २०८१
  • images
    images
    बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ६३ खर्बले नाघ्यो, सिडि रेसिया ७९.७१ प्रतिशत मात्रै
    images
    images

    काठमाडौँ / बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपको आकार ६३ खर्ब नाघेको छ । 

    नेपाल राष्ट्र बैंकको अनुसार असार १२ गतेसम्म वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्सको निक्षेप संकलन ६३ खर्ब २ अर्ब रुपैयाँ पुगेको हो ।

    केन्दिै्रय बैंकका अनुसार पछिल्लो दिन मात्र बैंकिङ प्रणालीमा ८ अर्ब रुपैयाँले निक्षेप थपिएको छ । तर यस अवधीमा बैंकहरूको कर्जा लगानी भने खासै सुधार हुन सकेको छैन । 

    केन्द्रीय बैंकका अनुसार असार १२ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूले ५१ खर्ब ४५ अर्ब रुपैयाँ मात्र कर्जा लगानी गर्न सकेका छन् । यो कूल निक्षेप सङ्कलनको तुलनामा ७९.५१ प्रतिशतको मात्र लगानी हो । 

    केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थालाई निक्षेपको ९० प्रतिशतसम्म अर्थात् कर्जा÷निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतसम्म कायम गर्न पाउने सुविधा दिएको छ । तर हाल बैंकहरूले ७९.७१ प्रतिशत मात्र सीडी रेसियो कायम गरेका छन् । 

    नेपाल बैंकर्स संघका अनुसार हाल बैंकहरूसँग ६ खर्ब रुपैयाँमाथि लगानी योग्य रकम (तरलता) रहेको छ । बजारमा कर्जाको माग नै नभएको अवस्थामा बढ्दो जोखिमलाई लिएर यता बैंकहरूले पनि लगानीमा कडाई गर्दा निक्षेप थुप्रिन पुगेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com