एमाले अध्यक्ष ओलीलाई भेट्न कांग्रेस सभापति देउवा श्रीमतीसहित किन पुगे बालकोट ?

एमाले अध्यक्ष ओलीलाई भेट्न कांग्रेस सभापति देउवा श्रीमतीसहित किन पुगे बालकोट ?

आइतवार, असार १६ २०८१
आइतवार, असार १६ २०८१
  • एमाले अध्यक्ष ओलीलाई भेट्न कांग्रेस सभापति देउवा श्रीमतीसहित किन पुगे बालकोट ?

    भक्तपुर / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार ओलीनिवास बालकोटमा भेटवार्ता भएको छ ।

    images
    images

    एमाले अध्यक्ष ओलीलाई भेट्न सभापति देउवा श्रीमती आरजु देउवा राणासहित बालकोट पुगेका थिए । भेटमा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको हो। 

    एमाले अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईँले उनीहरुबीच समसामयिक राजनीतिक विषय, देशको वर्तमान अवस्था र विभिन्न विषयमा छलफल भएको जानकारी दिए । 

    उनले भने, “एमाले अध्यक्ष र कांग्रेसका सभापतिबीच नियमित भेटघाट हो, ठाउँ मात्रै फरक हो, केहीदिन अघि पनि सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसहित उहाँहरुबीच भेटवार्ता छलफल भएकै हो ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय