असार १६ गतेदेखि निकुञ्ज सफारी बन्द हुने

असार १६ गतेदेखि निकुञ्ज सफारी बन्द हुने

बिहिवार, असार १३ २०८१
बिहिवार, असार १३ २०८१
  • images
    images
    असार १६ गतेदेखि निकुञ्ज सफारी बन्द हुने
    images
    images

    चितवन / वर्षा लागेसँगै चितवन राष्ट्रिय निकुञ्जमा असार १६ गतेदेखि सफारी बन्द हुने भएको छ।

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले  मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रँने, जङ्गलमा भएका ससाना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुनसक्ने भएकाले गतिविधिमा रोक लगाउन लागिएको बताए। 

    निकुञ्जले हरेक वर्ष वर्षात्को समयमा यस्ता गतिविधि बन्द गर्ने गर्दछ ।

    गत वर्ष असार १ गतेदेखि नै बन्द गरिएकामा यस वर्ष अर्को सूचना जारी नभएसम्मका लागि पर्यटकीय गतिविधि बन्द गर्न लागिएको पुर्जा पुनले जानकारी दिए । 

    निकुञ्जभित्रका गतिविधि बन्द भए पनि यहाँ आउने पर्यटकले मध्यवर्ती सामुदायिक वनमा हात्ती, जिप, पैदल सफारी गर्नेसक्ने छन्। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com