प्रज्ञा–प्रतिष्ठान कमालादीमा आजदेखि  जडीबुटी मेला, रैथाने/लोपोन्मुख बहुमूल्य जडीबुटी देखाइने

प्रज्ञा–प्रतिष्ठान कमालादीमा आजदेखि  जडीबुटी मेला, रैथाने/लोपोन्मुख बहुमूल्य जडीबुटी देखाइने

शनिवार, असार ८ २०८१
शनिवार, असार ८ २०८१
  • images
    images
    प्रज्ञा–प्रतिष्ठान कमालादीमा आजदेखि  जडीबुटी मेला, रैथाने/लोपोन्मुख बहुमूल्य जडीबुटी देखाइने
    images
    images

    काठमाडौँ/  आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले जडीबुटीलाई औषधिजन्य पदार्थको प्रयोग गर्न अभिप्रेरित गर्ने उद्देश्यले आज ‘औषधिजन्य जडीबुटी मेला’ आयोजना गरेको छ।

    चिकित्सालयका प्रमुख डा. पुनम नेपालले औषधिजन्य जडीबुटीको ज्ञानलाई जानकारी दिने उद्देश्यले नेपाल प्रज्ञा–प्रतिष्ठानमा मेलाको आयोजना गरिएको बताए । 

    मेलामा नेपालको हिमाल, पहाड र तराईमा उब्जेका बहुमूल्य जडीबुटी प्रदर्शनी, आयुर्वेद तथा हाम्रा परम्परामा रहेका विभिन्न जडीबुटीबाट मिश्रित पथ्य आहार एवं खानपानको जानकारी गराइने छ। 

    चिकित्सालयका प्रमुख डा नेपालले मेलामा जडीबुटीको पहिचान र उपयोगसम्बन्धी जानकारी, रैथाने एवम् लोपोन्मुख बहुमूल्य जडीबुटीको जानकारी, स्वास्थ्य प्रवद्र्धन तथा उपचारका लागि स्थानीय जडीबुटी पहिचान, उपयोग र उत्पादनको जानकारी दिइने बताए । 

    यसैगरी, प्राविधिक सत्रमा सम्बन्धित विषयविज्ञहरुद्वारा औषधिजन्य जडीबुटी र पोषण, जलवायु परिवर्तन, पर्यावरणीय स्वास्थ्य, जडीबुटीहरुको दिगो संरक्षणसम्बन्धी वैज्ञानिक सत्रहरु पनि राखिएको छ। 

    मेलामा औषधिजन्य जडीबुटीको व्यावसायिकखेती, वैज्ञानिक पद्धतिबाट सङ्कलन, दिगो संरक्षणमा प्रयास एवम् किसानबाट उत्पादनकर्तासम्म स्थिति, सम्भाव्यता र चुनौतीका बारेमा पनि छलफल हुनेछ। 

    मेलाबाट औषधिको प्रयोग भए पनि लोपोन्मुख रहेका जडीबुटीको संरक्षण गर्न सहयोग मिल्नेछ। चिकित्सालयका प्रमुख डा नेपालले नेपालमा करिब पाँच हजार छसय जडीबुटीबाट औषधि उत्पादन हुने गरेका अध्ययनले देखाएको बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com