प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमा आज पनि छलफल हुने

प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमा आज पनि छलफल हुने

बुधवार, जेठ ३० २०८१
बुधवार, जेठ ३० २०८१
  • प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमा आज पनि छलफल हुने

    काठमाडौँ / प्रतिनिधिसभामा मङ्गलबारदेखि प्रारम्भ भएको विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकमा आज बुधबार पनि छलफल हुनेछ । 

    images
    images

    आज ११ बजेदेखि बस्ने प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, न्याय तथा संसदीय मामिला, शहरी विकास र रक्षा मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल हुने कार्यसूची छ । 

    मङ्गलबार विनियोजन विधेयकअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपक्षी विकास मन्त्रालयका विभिन्न शीर्षकमा छलफल भएको थियो । 

    छलफलमा सांसदहरु सूर्यमान दोङ, तेजुलाल चौधरी, मङ्गलप्रसाद गुप्ता,  रणेन्द्र बराली, डा नारायण खडका, सूर्यप्रसाद ढकाल, रुपा सो।शी। (चौधरी) जाबेदा खातुन जागा, हेमराज राई, कान्तिका सेजुवाल, दयालबहादुर शाही, कुशुम थापा मगर, प्रभु हजारा, शान्ति विक, ईश्वरी घर्ती, देवप्रसाद तिमिल्सिना, सराज अहमद फारुकी, नारायणप्रसाद आचार्य, वासुदेव घिमिरे, बिजुला रायमाझी, अमृतलाल राजवंशी, चन्द्रबहादुर विश्वकर्मा, महेशकुमार बर्तौलाले भाग लिएका थिए।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय