इजरायली बन्धक उद्धार अभियानमा भएको नागरिक हताहतमा राष्ट्रसङ्घको निन्दा

इजरायली बन्धक उद्धार अभियानमा भएको नागरिक हताहतमा राष्ट्रसङ्घको निन्दा

मंगलवार, जेठ २९ २०८१
मंगलवार, जेठ २९ २०८१
  • इजरायली बन्धक उद्धार अभियानमा भएको नागरिक हताहतमा राष्ट्रसङ्घको निन्दा

    संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले साता व्यापी इजरायली बन्धक उद्धार अभियानमा ठुलो सङ्ख्यामा नागरिक हताहत भएकोमा निन्दा गरेको  उनका प्रवक्ताले बताएका छन् । 

    images
    images

    महासचिव एन्टोनियो गुटेरेसले घटनाप्रति चरम दुःख व्यक्त गर्दै अपरेसनको सन्दर्भमा सयौँ प्यालेस्टिनी नागरिकको मृत्यु हुनुका साथै सयौँ घाइते भएकोमा निन्दा गरेको प्रवक्ता स्टेफन डुजारिकले स्पष्ट पारेका छन् । 

    मानविय जीवनमा हानि एउटा त्रासदी भएको जनाउदै सबै पक्षलाई द्वन्द्वको प्रभाव भोगिरहेका नागरिक सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय कानुन अन्तर्गत सबैले आ–आफ्नो दायित्व पालना गर्ने डुजारिकले दैनिक प्रेस ब्रीफिंगमा उल्लेख गरे । 

    संयुक्त राष्ट्रसङ्घका मानवीय अभियानका लागि पुनः सक्षमताको आवश्यकता औँलाउदै उनले विश्व निकायले तत्काल युद्धविराम, मानवीय कार्यमा पूर्ण, निर्वाध पहुँच र बन्धकको रिहाइको लागि आह्वान गरिरहेको बताए । 

    इजरायली सेनाले शनिबार मध्यगाजाको नुसिरात शरणार्थी शिविरबाट चार जना बन्धकलाई उद्धार गरेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य अधिकारीका अनुसार उक्त कारबाहीमा दुई सय ७४ जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै छ सय ९८ जना घाइते भएका छन् ।

    संयुक्त राष्ट्रसङ्ले चार जना बन्धक मुक्त भई  प्रियजनसँग पुनर्मिलन भएको खबरलाई स्वागत गर्दछ । गुटेरेसले सबै बाँकी बन्धकको तत्काल र बिना शर्त रिहाइको लागि आह्वान गरिरहेको डुजारिकले जनाए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com