साल्ट ट्रेडिङको १५ प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा

साल्ट ट्रेडिङको १५ प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा

सोमवार, जेठ २८ २०८१
सोमवार, जेठ २८ २०८१
  • images
    images
    साल्ट ट्रेडिङको १५ प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा
    images
    images

    काठमाडौँ / साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले गत आव २०७९÷८० का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ ।  

    कम्पनीले एक सूचना जारी गर्दै गत चैत २३ गते सम्पन्न बैंकको ५७ औँ वार्षिक साधारणसभाबाट पारित भएको १५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरिएको जानकारी गराएको हो। 

    उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएसएसीमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।  

    गत चैत ८ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको बोनस सेयर सम्बन्धित डिम्याट खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ। उक्त मितिपश्चात अभौतिकीकरण गराएका सेयरधनीहरुको हकमा भने क्रमशःउक्त बोनस सेयर जम्मा गरिने कम्पनीले जनाएको छ ।  

    गत चैत ८ गतेसम्म सेयर धितो राखी कर्जा लिएका सेयरधनीहरुलाई भने बोनस सेयरसमेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाई सेयरधनीहरुको डिम्याट खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न सेयरधनीहरुलाई कम्पनीले आग्रह गरेको छ।  

    उक्त मितिपश्चात रोक्का राखिएका सेयरधनीहरुको बोनस सेयर सेयरधनीको हितग्राही खातामा रोक्का नजनाई जम्मा हुने हुँदा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले उक्त सेयरधनीहरुको सेयर रोक्कामा रहेको वा नरहेको यकिन गरी रोक्कामा राख्नुपर्ने भए बोनस सेयरसमेत रोक्कामा राख्नेतर्फ आवश्यक प्रक्रिया अगाडि गर्नुपर्ने कम्पनीले आग्रह गरेको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com