नेपाल चीन सीमानामा पहिलो पटक पुग्यो नेपाली सुरक्षा फौज !

नेपाल चीन सीमानामा पहिलो पटक पुग्यो नेपाली सुरक्षा फौज !

सोमवार, जेठ २१ २०८१
सोमवार, जेठ २१ २०८१
  • images
    images
    नेपाल चीन सीमानामा पहिलो पटक पुग्यो नेपाली सुरक्षा फौज !
    images
    images

    काठमाडौँ / सशस्त्र प्रहरी बलले स्वसाशित क्षेत्र तिब्बत बिचको सीमामा रहेको सहायक सीमा स्तम्भ (सीमा चिन्ह) नं. २ को अनुगमन गरेको छ । नेपाली सुरक्षा फौजले बझाङ जिल्लाको साइपाल गाउँपालिका–४ उरईस्थित नाग्ना डाँडामा नेपाल र चीनको स्वसाशित क्षेत्र तिब्बत बिचको सीमामा रहेको सहायक सीमा स्तम्भ अनुगमन गरेको हो। 

    सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङबाट सशस्त्र प्रहरी नायव उपरीक्षक जनकराज पन्तको कमाण्डमा यही जेठ १३ गते त्यसतर्फ गएको सुरक्षा फौज १७ गते बिहान सीमा स्तम्भ भएको स्थानमा पुगेको थियो ।

    2.jpg

    समुन्द्र सतहबाट ५ हजार २ सय मिटर उचाई तथा भौगोलिक रूपमा अत्यन्त विकट र हाई अल्टिच्युडका बावजुत सशस्त्र प्रहरी बलको टोली पहिलो पटक त्यहाँ पुगेको हो ।  

    4.jpg

    जेठ १३ गते त्यसतर्फ गएको टोलीले १७ गते सीमा स्तम्भ तथा सीमाक्षेत्रको अनुगमन गरी २० गते सदरमुकाम फिर्ता भएको छ ।

    3.jpg

    साइपाल गाउँपालिका–४ धुलिसम्म मानव बस्ती रहेको स्थानबाट ३ दिन पैदल यात्रा पछिमात्र पुग्न सकिने सीमास्तम्भ सदरमुकामबाट १ सय १७ किलोमिटरको दुरीमा रहेको छ । 

    0.jpg

    सदरमुकामबाट २८ किलोमिटर सवारी साधनमा गएको फौज बाँकी पैदल गएको थियो । सीमा स्तम्भ भएको स्थानसम्म पुग्न सशस्त्र प्रहरीको टोली बिचबिचमा पाल टाँगेर बसेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com