‘सहकारीको संस्थागत पुनःसंरचनाले मात्रै समस्या हल हुन्छ’

‘सहकारीको संस्थागत पुनःसंरचनाले मात्रै समस्या हल हुन्छ’

आइतवार, जेठ २० २०८१
आइतवार, जेठ २० २०८१
  • images
    images
    ‘सहकारीको संस्थागत पुनःसंरचनाले मात्रै समस्या हल हुन्छ’
    images
    images

    काठमाडौँ / वर्तमान सहकारी समस्यालाई हल गर्न संस्थागत पुनःसंरचना गर्नुपर्ने वक्ताहरुले सुझाएका छन् । शनिबार यहाँ सहकारी केन्द्र नेपालले आयोजना गरेको ‘सहकारी अभियान, सङ्कटका कारण र अबको बाटो’ विषयक अन्तर्क्रियामा सहभागी वक्ताहरुले कानुनी तथा नीतिगत अस्पष्टताका कारण सहकारी सङ्कटग्रस्त भएको जिकिर गरेका छन् । 

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव लीलामणि पोख्रेलले कार्यपत्र प्रस्तुत गर्दै सहकारी क्षेत्रलाई लयमा ल्याउन संस्थागत पुनःसंरचनाको विकल्प नरहेको बताए । 

    पार्टी सहकारी विभाग इन्चार्ज रहेका पोख्रेलले सहकारी ऐनलाई संशोधन गरी ४७ भन्दा बढी ऐन बनाउन बाँकी रहेको उल्लेख गरे । 

    उनले भने, “कानुन फितलो हुनुको परिणाम सहकारीमा खुलेआम लुट मच्चिएको छ, अझ भनौँ कर्मचारीले घूस लिएर सेटिङमा यो क्षेत्र ध्वस्त पारेका छन् ।”

    एमाले नेता तथा सो पार्टीका सहकारी विभाग इन्चार्ज खगराज अधिकारीले पोख्रेलको स्थानीय तहमा रहेका सहकारीहरुमा मात्रै समस्याभन्दा पनि केन्द्रीय सङ्घहरुमै समस्या रहेको बताए । 

    तलदेखि माथिसम्म तादाम्यता नमिल्नु पनि समस्याको मुख्य कारण भएको बताउँदै उनले भने, “हाम्रोमा नियम मिच्नेमा केन्द्रीय सहकारी सङ्घ नै अग्र भागमा छन्, त्यति मात्रै हैन सहकारीहरुले एकले अर्कालाई सहयोग हैन, खुट्टा कसरी तान्ने भन्ने प्रवृत्ति हाबी छ ।” 

    गण्डकी प्रदेश पूर्वमुख्यमन्त्री रहेका अधिकारीले ऋण लिने अनि नतिर्नेहरुलाई कडाभन्दा कडा दण्ड सजायको व्यवस्था गर्नुपर्ने बताए । 

    सो कार्यक्रममा नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलले समय अभावकोे कारण उपस्थिति हुन नसके पनि सहकारी शुद्धीकरण अभियानमा आफू र आफ्नो पार्टीको ऐक्यबद्धता रहेको बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com