आगामी वर्षका लागि सरकारले ल्यायो १८ खर्ब ६० अर्ब ३० करोडको बजेट

आगामी वर्षका लागि सरकारले ल्यायो १८ खर्ब ६० अर्ब ३० करोडको बजेट

मंगलवार, जेठ १५ २०८१
मंगलवार, जेठ १५ २०८१
  • images
    images
    आगामी वर्षका लागि सरकारले ल्यायो १८ खर्ब ६० अर्ब ३० करोडको बजेट
    images
    images

    काठमाडौँ / सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेको छ । कूल विनियोजनमध्ये सरकारले चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरेको छ । 

    यो कूल बजेटको ६१।३१ प्रतिशत हो । विनियोजन कूल बजेटमध्ये पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड विनियोजन गरेको छ । यो कूल बजेटको १८।९४ प्रतिशत छ । 

    यस्तै वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ अर्थात १९.४७ प्रतिशत विनियोजन गरेको छ । यो १९।७४ प्रतिशत हो । यो खर्च अनुमान चालू वर्षको तुलनामा ६।२ प्रतिशतले बढी हो । र, संशोधित अनुमानको तुलनामा २१।५६ प्रतिशत बढी हो ।

    कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब ८ अर्ब २७ करोड विनियोजन रहेको छ ।

    आगामी आर्थिक बर्षका लागि अनुमान गरिएको स्रोतमध्ये राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ, वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड रुपैयाँ व्यहोर्दा ५ खर्ब ४७ अर्ब ६७ करोड न्यून हुनेछ । सो न्यून पूर्ति गर्नका लागि वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड, राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद ३ खर्ब ३० अर्ब आन्तरिक ऋणबाट व्यहोरिनेछ । 

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com