थाई राजदूत सुवापोङलाई नेपालमा व्यवसायीको  भब्य स्वागत [ तस्वीरहरु ]

थाई राजदूत सुवापोङलाई नेपालमा व्यवसायीको  भब्य स्वागत [ तस्वीरहरु ]

सोमवार, जेठ १४ २०८१
सोमवार, जेठ १४ २०८१
  • images
    images
    थाई राजदूत सुवापोङलाई नेपालमा व्यवसायीको  भब्य स्वागत  [ तस्वीरहरु ]
    images
    images

    काठमाडौं/  नेपालका लागि थाइल्याण्डका नवनियुक्त राजदुत सुवापोङ सिरिसोर्नलाई नेपाल थाइल्याण्ड चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजसम्बद्ध व्यवसायीले काठमाडौँमा स्वागत गरेका छन् ।

    व्यवसायीले एक कार्यक्रमका बिच राजदूत सुवापोङ र दुतावासका कर्मचारीलाई पुष्पगुच्छा र मायाको चिनो दिएर स्वागत गरेका हुन् ।

    स्वागत कार्यक्रममा नेपाल थाइल्याण्ड चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजका अध्यक्ष अजय मुडभरीले नेपाली व्यवसायीले थाइल्याण्डका अवसरर सदुपयोग गर्नसक्ने गरी सम्भावना खोजिरहेको बताउँदै नवनियुक्त राजदुतलाई सो कार्यमा सहयोग पुर्याउने आग्रह गरे ।

    thai rajdut - subapong.JPG

    उनले नेपाल र थाइल्याण्ड बिचमा सुमधुर दौत्य सम्बन्ध रहेको चर्चा गर्दै नवनियुक्त राजदुतले सो सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने विशवास व्यक्त गरे ।

    अध्यक्ष मुडभरीले हालै मात्र नेपालमा कार्यकाल सकेर स्वदेश फर्केका पूर्व राजदुत थाइ सरकारको विदेशमन्त्री भएको उल्लेख गर्दै यसले दुई देश बिचको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा सहयोग पुग्ने बताए ।

    त्यसैगरी राजदुत सुवापोङले प्राकृतिक सुन्दरताले भरिएको नेपालको आफ्नो कार्यकाल उत्साहजनक रहने बताए।

    thani.JPG

    “मैले राष्ट्रपति ज्यूलाई भेटे, उनले नेपाल सुन्दर छ भन्नुभएको थियो, मैले देखेका ठाउँहरु त्यसै सुन्दर छन् ।” 


    राजदुतले आफ्नो कार्यकालमा सक्नेजति सहयोग गर्न सधै तत्पर रहने भन्दै व्यवसायीलाई आश्वस्त पनि पारे। 

    कार्यक्रममा नेपाल थाइल्याण्ड चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजसम्बद्ध करिब ४० व्यवसायी सहभागी थिए ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com