नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि, तीन कम्पनीको सेयर मूल्यमा सर्किट

नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि, तीन कम्पनीको सेयर मूल्यमा सर्किट

बिहिवार, जेठ ३ २०८१
बिहिवार, जेठ ३ २०८१
  • नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि, तीन कम्पनीको सेयर मूल्यमा सर्किट

    काठमाडौँ / धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक शून्य दशमलव ७९ अङ्कले उकालो लागेर दुई हजार १८ दशमलव ७६ मा पुगेको छ ।

    images
    images

    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्यदशमलव २७ अङ्कले उकालो लागेर तीन सय ५८ दशमलव ३७ मा पुगेको छ । कूल ८२ लाख ८२ हजार पाँच सय ५६ कित्ता सेयर रु चार अर्ब २३ करोड ३८ लाख १६ हजार चार सय तीन मूल्य बराबर कारोबार भएको छ ।

    हिमालयन लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, सिर्जनशील लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ। 

    स्वाभिमान लघुवित्त नौ दशमलव ९४, सिइडिबी हाइड्रोपावरका लगानीकर्ताले  नौ दशमलव ६१ प्रतिशतले कमाएका छन् ।

    यस्तै माण्डु हाइड्रोपावर पाँच दशमलव ७६, पिपल्स पावर पाँच दशमलव २६, नेपाल फाइनान्स चार दशमलव १२, एभरेष्ट बैंक तीन दशमलव ९४ र लक्ष्मी उन्नति कोषका लगानीकर्ताले तीन दशमलव ९२ प्रतिशतले गुमाएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय