झापामा पनि लक्ष्यअनुसार कर उठ्न सकेन, उद्योग–व्यापारमा आएको मन्दी प्रमुख कारण

झापामा पनि लक्ष्यअनुसार कर उठ्न सकेन, उद्योग–व्यापारमा आएको मन्दी प्रमुख कारण

बिहिवार, जेठ ३ २०८१
बिहिवार, जेठ ३ २०८१
  • images
    images
    झापामा पनि लक्ष्यअनुसार कर उठ्न सकेन, उद्योग–व्यापारमा आएको मन्दी प्रमुख कारण
    images
    images

    झापा / आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको दश महिनामा रु दुई अर्ब ३८ करोड २३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ ।

    कार्यालयका प्रमुख कर अधिकृत कृष्णचन्द काफ्लेका अनुसार चालु आवको साउनदेखि वैशाख मसान्तसम्ममा रु एक अर्ब २१ करोड ११ लाख ८० हजार आयकर बापत, रु ३१ करोड ९७ लाख ६४ हजार अन्तःशुल्कबापत र मूल्य अभिवृद्धि करबापत रु ८४ करोड ७६ लाख ४० हजार राजस्व सङ्कलन भएको हो । 

    कार्यालयले निर्धारण गरेको लक्ष्यभन्दा रु ५१ करोड २३ लाख ५७ हजार कम सङ्कलन भएको छ । उद्योग– व्यापारमा आएको मन्दीका कारण लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको कार्यालयका प्रमुख काफ्लेले बताए । 

    झापामा ठूला करदाता मित्तल, मनसा र सन्राइज सिमेन्ट उद्योग कोरोना महामारीपछि बन्द छन् भने व्यापारिक कारोबार सुस्त हुँदा राजस्व सङ्कलनको लक्ष्य  प्रभावित भएको उनले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com