बाह्य ऋण भुक्तानीका कारण पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

बाह्य ऋण भुक्तानीका कारण पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

शुक्रवार, बैशाख १४ २०८१
शुक्रवार, बैशाख १४ २०८१
  • images
    images
    बाह्य ऋण भुक्तानीका कारण पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट
    images
    images

    पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो विदेशी विनिमय सञ्चितिमा सात करोड ४० लाख अमेरिकी डलरले कमी आएको जनाएको छ ।

    अप्रिल १९ सम्ममा बैङ्कको कुल विदेशी विनिमय सञ्चिति घटेर करिब आठ अर्ब डलरमा झरेको एसबिपीले जनाएको हो । “‘बाह्य ऋण भुक्तानीका कारण’ यो कमी आएको एसबीपीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

    वाणिज्य बैंकहरूको कुल विदेशी सञ्चिति पाँच अर्ब ३० करोड अमेरिकी डलर रहेको छ । बैङ्कका अनुसार पाकिस्तानसँग कूल तरल विदेशी सञ्चिति करिब १३ अर्ब ३० करोड डलर रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com