तेस्रो त्रैमाससम्ममा निर्जिवन बीमा कम्पनीहरुले आर्जन गरे करिब ३० अर्ब कुल बीमाशुल्क, कुन कम्पनीको कति ?

तेस्रो त्रैमाससम्ममा निर्जिवन बीमा कम्पनीहरुले आर्जन गरे करिब ३० अर्ब कुल बीमाशुल्क, कुन कम्पनीको कति ?

नेपाल बीमा प्राधिरकणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ निर्जिवन बीमा कम्पनीले चैत मसान्तसम्ममा २९ अर्ब ९९ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

बिहिवार, बैशाख १३ २०८१
बिहिवार, बैशाख १३ २०८१
  • images
    images
    तेस्रो त्रैमाससम्ममा निर्जिवन बीमा कम्पनीहरुले आर्जन गरे करिब ३० अर्ब कुल बीमाशुल्क, कुन कम्पनीको कति ?
    images
    images

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा निर्जिवन बीमा कम्पनीहरुले करिब ३० अर्ब रुपैयाँको व्यापार गरेका छन्। 

    नेपाल बीमा प्राधिरकणले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म सञ्चालनमा रहेका १४ वटा निर्जिवन बीमा कम्पनीले साउनदेखि चैत मसान्तसम्ममा २९ अर्ब ९९ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यस समयमा १४ वटा निर्जीवन बीमा कम्पनीहरुले २१ लाख ९३ हजार ५४७ वटा बीमा पोलिसी बिक्री गरेका छन् ।

    समीक्षा अवधिसम्म सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क आर्जन गरेको छ। यो कम्पनीले ४ अर्ब २२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

    यस्तै, दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको रहेको छ। यो कम्पनीले ३ अर्ब ५३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। तेस्रोमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले २ अर्ब ८९ करोड रुपैयाँ कुल बीमाशल्क आर्जन गरेको छ।

    यसैगरी आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले २ अर्ब ६४ करोड रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले २ अर्ब ५४ करोड रुपैयाँ र नेको इन्स्योरेन्स कम्पनीले २ अर्ब २९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

    त्यस्तै युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले १ अर्ब ९७ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब ८३ करोड रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले १ अर्ब ७८ करोड रुपैयाँ र ओरिएन्टल इन्स्योरेन्स कम्पनीले १ अर्ब ५१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

    त्यसैगरी, प्रभु इन्स्योरेन्स कम्पनीले १ अर्ब ३२ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ३० करोड रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनीले १ करोड १४ करोड र नेशनल इन्स्योरेन्सले ८७ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com