फोहर फाल्न अवरोध गर्ने क्रममा बञ्चरेडाँडाबाट पक्राउ परेका १३ जना रिहा

फोहर फाल्न अवरोध गर्ने क्रममा बञ्चरेडाँडाबाट पक्राउ परेका १३ जना रिहा

शनिवार, चैत २४ २०८०
शनिवार, चैत २४ २०८०
  • images
    images
    फोहर फाल्न अवरोध गर्ने क्रममा बञ्चरेडाँडाबाट पक्राउ परेका १३ जना रिहा
    images
    images
    काठमाडौँ / फोहोर फाल्न अवरोध गर्ने क्रममा आज बिहान पक्राउ परेका १३ जना रिहा भएका छन् । बञ्चरेडाँडामा फोहर विसर्जन गर्न अवरोध गरेपछि प्रहरीले उनीहरूलाई  पक्राउ गरेको र अहिले छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । 
     
    उनले भने, “आज बिहान फोहर बोकेर गएका टिपरलाई रोकपछि बञ्चरेडाँडाबाट उनीहरूलाई नियन्त्रणमा लिएको र अहिले सबैलाई छाडिएको छ ।” 
     
    काठमाडौँबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी दिनभरी प्रहरी वृत्त बालाजुमा राखेको थियो ।
     
    ‘बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समिति’ (नुवाकोट–धादिङ)ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिल साइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहर विसर्जनमा अवरोध गरेको थियो ।
     
    समितिले गत फागुन २१ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ११ बुँदे माग पेस गरेको थियो । 
     
    ती माग सम्बोधन नगरिएको भन्दै समितिले आज बिहानैदेखि फोहर बिसर्जनस्थल नुवाकोटको सिसडोलस्थित कुडुल्ले र धादिङको बञ्चरेडाँडा पुग्ने सडक अवरुद्ध  पारेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com