प्रधानमन्त्रीले सोधे किसानले दूधको भुक्तानी नपाउनुको कारण, तुरुन्तै भुक्तानी दिन निर्देशन

प्रधानमन्त्रीले सोधे किसानले दूधको भुक्तानी नपाउनुको कारण, तुरुन्तै भुक्तानी दिन निर्देशन

मंगलवार, फागुन १५ २०८०
मंगलवार, फागुन १५ २०८०
  • प्रधानमन्त्रीले सोधे किसानले  दूधको भुक्तानी नपाउनुको कारण, तुरुन्तै भुक्तानी दिन निर्देशन

    काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुग्ध विकास संस्थानले दूध खरिद गरेबापत किसानलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिन निर्देशन दिएका छन् । 

    images
    images

    उनले सोमबार अर्थमन्त्री डा प्रकाशशरण महत, कृषि तथा पशुपक्षी विकास मन्त्री डा बेदुराम भुसाल र मुख्यसचिव डा बैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर  किसानको दूधको भुक्तानी तुरुन्तै दिन निर्देशन दिएका हुन् । 

    सो क्रममा प्रधानमन्त्रीले निजी क्षेत्रबाट किसानले पाउनुपर्ने भुक्तानी तुरुन्त दिन र भुक्तानी नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । 

    उनले भने, “किसानले महिनौँसम्म दूधको भुक्तानी नपाउनुको कारण के हो, यसलाई गम्भीरतापूर्वक लिनुस् । निजी क्षेत्रबाट किसानलाई भुक्तानी दिनुपर्ने रकमका लागि तत्काल सहजीकरण गर्नुस् ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय