कांग्रेसको भोट घटेको छ, महासमितिमा गम्भीर छलफल हुनुपर्छ : कोइराला

कांग्रेसको भोट घटेको छ, महासमितिमा गम्भीर छलफल हुनुपर्छ : कोइराला

आइतवार, फागुन ६ २०८०
आइतवार, फागुन ६ २०८०
  • कांग्रेसको भोट घटेको छ, महासमितिमा गम्भीर छलफल हुनुपर्छ : कोइराला

    काठमाडौँ / नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले निर्वाचनमा पार्टीको भोट घटेकोबारेमा महासमिति बैठकमा गम्भीर छलफल हुनुपर्ने बताएका छन् । 

    images
    images

    बिपी अध्ययन प्रतिष्ठानले महासमिति बैठकको पूर्वसन्ध्यामा आज यहाँ आयोजित ‘चियापान कार्यक्रम’मा  उनले गठबन्धनका कारण निर्वाचनमा पार्टीको मत घटेको भन्दै महासमिति बैठकमा गम्भीर समीक्षा हुनुपर्ने बताए।  

    “कांग्रेसको भोट प्रतिशत घट्दै गइरहेकाले पनि कम्युनिष्टहरुको पछि लागेर हिँड्ने अवस्थाको अन्त्य हुनेगरी महासमिति बैठकमा गम्भीर रुपमा छलफल हुनुपर्छ,”– उनले भने । 

    पार्टीको जनमत घटिरहेका बेला हामी सरकारमा बसेका छौँ भनेर खुशी हुने अवस्था नरहेको उनको कथन थियो । उनले निर्वाचन प्रणालीको सुधारका लागि पनि महासमिति बैठकमा छलफल हुनुपर्ने बताए। 

    कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले युवाहरुलाई कांग्रेसभित्र आकर्षण गर्ने सङ्कल्प महासमिति बैठकले लिनुपर्ने बताए । 

    उनले महासमिति बैठकलाई पार्टी रुपान्तरणका निम्ति अगाडि बढाउनुपर्नेमा जोड दिए।

    अर्का नेता भुपेन्द्रजङ्ग शाहीले अबको निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्नुपर्छ भने । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय