खोले सागको व्यवसायिक खेती

खोले सागको व्यवसायिक खेती

मंगलवार, माघ ९ २०८०
मंगलवार, माघ ९ २०८०
  • खोले सागको व्यवसायिक खेती

    दाङको घोराही उपमहानगरपालिका–१४ स्थित खोला किनारामा बसोबास गर्दै आएका स्थानियले कटुवा खोलामा गरेको व्यवसायिक खोले साग खेती गरेका छन् । 

    images
    images

    स्थानीय किसानका लागि आम्दानीको राम्रो स्रोत बन्न सक्ने खोले साग सामान्यतया खोला किनारमा खेती गर्न सकिन्छ । अहिले गाउँदेखि सहर बजारसम्म खोले सागको माग बढ्न थालेको छ । खोलामा त्यसै खेर गइरहने खोले साग टिपेर मनग्य आम्दानी गर्न सकिने अनुभवीहरु बताउँछन् । 

    कस्तो स्थानमा गर्न सकिन्छ खेती ?

    छिप्छिपे पानी बग्ने खोलामा यो साग मौलाउँछ ।  यसकारण पनि यो सागको नाम खोले साग भनिन्छ। कतिपय स्थानमा खोले सागलाई सीम साग र पालुंगे साग पनि भनिन्छ। 

    बजारमा खोले सागको माग बढ्न थालेपछि स्थानीयले खोलामै व्यावसायिक रूपमा खोले सागखेती गर्न थालेका छन्।
    सिजन मा एक एक कठ्ठामा खोले सागखेती गर्दा किसानले ३५ देखि ४० हजार रुपैयाँसम्ममा बेच्न सक्छन् । उपभोक्ता साग किन्न आफैं खोलासम्म पुग्ने गरेको भन्दै स्थानीय बताउँछन् । 

    पछिल्लो समय खोले साग चितवन, कास्की, काठमाडौंलगायत शहरसम्म पुग्न थालेको छ। मङ्सीर देखि चैत महिनासम्म खोलामा खोले साग उत्पादन हुन्छ।

    खोले सागको फाइदा केके छन् ? 

    सङगलो पानी बग्ने स्थानमा खोले साग फल्छ। पानी फोहरमैलो र रसायनयुक्त हुन थालेमा भने खोले साग आफै नष्ट भएर हराउँछ । साग खादा कब्जियत, कुपोषण, आँखाको समस्या भएकाहरुको स्वास्थ्यमा प्रत्यक्ष फाइदा पुग्छ । साग रोपेको एक महीना भित्र बेच्न सकिन्छ ।  बिना लगानी खेर गएको क्षेत्रमा समय र जमिनको सदुपयोग गर्न सकिन्छ । हप्ता दिनमै टिप्न सकिने खोले साग किसानको लागि आम्दानीको राम्रो श्रोत बन्न सक्छ । 
     Photo: कुलदीप न्यौपाने/ रासस

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय