दोस्रो त्रैमाससम्म माछापुच्छ्रे बैंकले कमायो ८० करोड ५३ लाख नाफा, प्रतिशेयर आम्दानी कति ?

दोस्रो त्रैमाससम्म माछापुच्छ्रे बैंकले कमायो ८० करोड ५३ लाख नाफा, प्रतिशेयर आम्दानी कति ?

शुक्रवार, माघ ५ २०८०
शुक्रवार, माघ ५ २०८०
  • images
    images
    दोस्रो त्रैमाससम्म माछापुच्छ्रे बैंकले कमायो ८० करोड ५३ लाख नाफा, प्रतिशेयर आम्दानी कति ?
    images
    images

    काठमाडौँ / माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्म ८० करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्ने माछापुच्छ्रे पहिलो वाणिज्य बैंकको हो।

    बैंकले कमाएको उक्त नाफा अघिल्लो वर्षको सोहि अवधिसम्मको तुलनामा २१.४५ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब २ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

    बैंकको नाफा घटेसंगै सञ्चालन मुनाफा पनि घटेको छ । बैकले समीक्षा अवधिसम्म १ अर्ब २७ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। यो अघिल्लो वर्षको तुलनामा १३.१९ प्रतिशतले कम हो । अघिल्लो बर्षको सोहि अवधीमा बैंकको यस्तो मुनाफा १ अर्ब ४७ करोड रुपैयाँ थियो। 

    यता, बैंकको खराब कर्जा अनुपात (एनपील) बढ्दा ब्याज आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको एनपीएल बढेर २.६२ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल १.४१ प्रतिशत थियो।

    ६ महिनामा बैंकको खुद ब्याज आम्दानी ५.५६ प्रतिशतले घटेर २ अर्ब ६३ करोड रुपैयाँ खुम्चिएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी २ अर्ब ७९ करोड रुपैयाँ थियो।

    खराब कर्जालाई मेन्टेन गर्न बैंकले इम्पेयरमेन्ट चार्जका रुपमा २३ करोड ८५ लाख रुपैयाँ छुट्याएको छ। अघिल्लो वर्ष ३० करोड ४२ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको थियो।

    चुक्तापुँजी ११ अर्ब ६२ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार २३.२७ प्रतिशतले बढेर ५ अर्ब ४४ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ४ अर्ब ४१ करोड रुपैयाँ थियो।

    यस्तै, बैंकको निक्षेप संकलन घटेको छ भने कर्जा प्रवाह बढेको छ। अघिल्लो वर्षको तुलनामा बैंकको निक्षेप संकलन १.१० प्रतिशतले घटेर १ खर्ब ५२ अर्ब रुपैयाँ र कर्जा प्रवाह २.९९ प्रतिशतले बढेर १ खर्ब २९ अर्ब करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

    समीक्षा अवधिसम्म वितरणयोग्य मुनाफा २४ करोड ६९ लाख रुपैयाँले ऋणात्मक रहेको बैंकको वार्षिकीकरण प्रतिशेयर आम्दानी (ईपीएस) घटे १३.८६ रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष ईपीएस १७.६४ रुपैयाँ थियो। पीई रेसियो १४.६५ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com