एकैसाथ पाँच स्थानमा ‘टाटा मोटर्स फन कार्निभल ३.०’ कार्यक्रम, इभी गाडी खरिदमा अफरै अफर

एकैसाथ पाँच स्थानमा ‘टाटा मोटर्स फन कार्निभल ३.०’ कार्यक्रम, इभी गाडी खरिदमा अफरै अफर

बिहिवार, पुस २६ २०८०
बिहिवार, पुस २६ २०८०
  • images
    images
    एकैसाथ पाँच स्थानमा ‘टाटा मोटर्स फन कार्निभल ३.०’ कार्यक्रम, इभी गाडी खरिदमा अफरै अफर
    images
    images

    काठमाडौँ / नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले टाटा मोटर्स फन कार्निभल ३.० कार्यक्रमको आयोजना गर्न लागेको छ । यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी र टियागो इभी लगायतका गाडीहरू साट्न सकिनेछ । 

    ग्राहकवर्गको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारीहरु प्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको हो । मेला यही पुस २७ गतेदेखि पुस २९ गतेसम्म उपत्यका बाहिर टाटा मोटर्सको शोरुम अलास्का मोर्टस बिर्तामोड, सिद्र्धाथ कटेज बुटवल, सिप्रदी ट्रेडीङ्ग बुद्ध चोक पोखरा र टाउनहल प्लानिङ विरगंज आयोजना गर्न लागिएको हो । 

    फन कार्निभल ३.० मा टाटाका गाडी किन्ने ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क रूपमा इभी गाडीहरुका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा इलेक्ट्रिकल स्कुटर प्राप्त गर्नेछन् । यस कार्निभलका मुख्य उद्देश्य भनेको ग्राहकहरूलाई खेल तथा मनोरञ्जनमार्फत नौलो अनुभुति गर्दै गाडी किन्ने फरक एक्सपेरियन्स प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ । 

    सो कार्यक्रमको अबसरमा ग्राहकहरूले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नुहुनेछ साथै यस कार्यक्रममा सहभागी भई नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउन कम्पनीले आग्रह गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com