६० खर्ब ८९ अर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप

६० खर्ब ८९ अर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार पुस २२ गते बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ६० खर्ब ८९ अर्ब पुगेको हो ।

मंगलवार, पुस २४ २०८०
मंगलवार, पुस २४ २०८०
  • images
    images
    ६० खर्ब ८९ अर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप
    images
    images

    काठमाडौँ / बैंक तथा वित्तीय संस्थाको निक्षेप साढे ६० खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार पुस २२ गते बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ६० खर्ब ८९ अर्ब पुगेको हो । 

    जसमा सञ्चालनमा रहेको २० वटा वाणिज्य बैंकहरुले ५३ खर्ब ९० अर्ब निक्षेप संकलन गर्दै ४४ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । यस्तै समीक्षा अवधिमा अन्य बैंक तथा वित्तीय संस्थाहरुले ६ खर्ब ९९ अर्ब निक्षेप संकलन गरेर ५ खर्ब ८४ अर्ब कर्जा लगानी गरेका केन्द्रीय बैंकको तथ्यांकमा छ ।

    यता, पुस २१ गते अर्थात् जनवरी ६, २०२४ मा यस्तो निक्षेप ६० खर्ब ८५ अर्ब रुपैयाँ हारहारी थियो । एकैदिन थप ४ अर्ब रुपैयाँ निक्षेप बढेको हो । यसैगरी समीक्षा अवधिमा ३ अर्ब रुपैयाँले कर्जा लगानी बढ्दै बैंक तथा वित्तीय संस्थाहरुले कूल ५० खर्ब ३६ अर्ब रुपैयाँ लगानी गरेका छन् । पुस २१ गते बैंकहरुले ५० खर्ब ३३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । 

    पुस २२ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुले कर्जारनिक्षेप अनुपात (सीडी रेसियो) ७९.९६ प्रतिशत कायम गरेका छन् । यसको मतलब बैंकले एक सय रुपैयाँ निक्षेप संकलन गर्दैगर्दा यता ७९ रुपैयाँ ९६ पैसा (करिब ८० रुपैयाँ) लगानी गरेका छन् । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई अधिकतम ९० प्रतिशत सीडी रेसियो कायम गर्न निर्देशन गरेको छ । 

    बजारमा कर्जाको माग नहुँदा बैंकहरुले लगानी बढाउन सकेका छैनन् । अर्कोतर्फ केन्द्रीय बैंकले २.५ प्रतिशतको पुरक पुँजीसहित ११.५ प्रतिशत न्यूनतम पुँजी कोष पु¥याउनुपर्ने वाध्यात्मक व्यवस्था गरेका कारणले पनि बैंकहरु लगानी बढाउन सक्ने स्थितिमा छैनन् । 

    जसले गर्दा बैंकहरुसँग ६ खर्बमाथिको लगानी योग्य रकम (तरलता) भएर पनि लगानी गर्न सकिरहेका छैनन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com