कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाद्वारा कृषि क्षेत्रमा प्रवाहित कर्जा १०.९२ प्रतिशतले बढ्यो, कुन जिल्लामा कति ?

कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाद्वारा कृषि क्षेत्रमा प्रवाहित कर्जा १०.९२ प्रतिशतले बढ्यो, कुन जिल्लामा कति ?

सोमवार, पुस २३ २०८०
सोमवार, पुस २३ २०८०
  • images
    images
    कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाद्वारा कृषि क्षेत्रमा प्रवाहित कर्जा १०.९२ प्रतिशतले बढ्यो, कुन जिल्लामा कति ?
    images
    images

    काठमाडौँ / आर्थिक बर्ष २०७९/८० मा कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुद्वारा कृषि क्षेत्रमा प्रवाहित कर्जा १०.९२ प्रतिशत बढेको छ । 

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेका कर्णाली प्रदेशको वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७९/८० को अनुसार २०८० को असार मसान्तमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुद्वारा कृषि क्षेत्रमा प्रवाहित कर्जा गत आ.व.को तुलनामा १०.९२ प्रतिशतले वृद्धि भई ५ अर्ब ४९ करोड ४८ लाख रुपैयाँ पुगेको हो । 

    जिल्लागत कृषि कर्जा 

    1.JPG

    गत वर्षमा यस्तो कर्जा २६.१ प्रतिशतले वृद्धि भई ४ अर्ब ९५ करोड ३९ लाख रुपैयाँ पुगेको थियो । नेपाल राष्ट्र बैंकद्वारा जारी एकिकृत निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने कर्जामा कृषि क्षेत्रलाई विशेष जोड दिईएको, सरकारले लागु गरेका प्रधानमन्त्री कृषि आधुनिकीकरण, साथै प्रदेश सरकारले जारी गरेको व्यवसायिक कृषि तथा पशुपन्छी पालन व्यवसायको लागि अनुदान कार्यक्रम कार्यविधि लगायतका कार्यक्रमहरु सञ्चालन गरेको हुँदा कृषि कर्जा बढेको प्रतिवेदनले जनाएको छ । 

    समीक्षा वर्षमा प्रवाहित कुल कृषि कर्जामध्ये सबैभन्दा बढी पशुपालन÷पशुवधशाला शीर्षकमा ३२.४३ प्रतिशतले वृद्धि भई १ अर्ब २७ करोड ६७ लाख रुपैयाँ पुगेको छ भने सबैभन्दा कम सनपाट शीर्षकमा ९४.१४ प्रतिशतले ह्रास आई १ लाख रुपैयाँ मात्र कायम भएको छ । यस प्रदेशमा प्रवाहित कुल कृषि कर्जामध्ये सबैभन्दा धेरै २ अर्ब ४८ करोड ८२ लाख रुपैयाँ सुर्खेत जिल्लामा प्रवाहित भएको छ भने सबैभन्दा कम १२ करोड ८९ लाख रुपैयाँ मुगु जिल्लामा प्रवाहित भएको देखिन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com