श्री गणेश बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं वार्षिक साधारण सभाः ९.७८ प्रतिशत शेयर लाभांश दिने

श्री गणेश बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं वार्षिक साधारण सभाः ९.७८ प्रतिशत शेयर लाभांश दिने

आइतवार, पुस २२ २०८०
आइतवार, पुस २२ २०८०
  • images
    images
    श्री गणेश बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं वार्षिक साधारण सभाः ९.७८ प्रतिशत शेयर लाभांश दिने
    images
    images

    श्रीगणेश बहुउद्देश्यीय सहकारी संस्थाले २३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

    यल दरवार भेन्यू शंखमूलमा जेष्ठ सदस्य पांचा अवालेको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष तिर्थलाल महर्जनको सभापतित्वमा सम्पन्न भएको थियो । 


    उक्त सभामा शेयर सदस्यहरुको तर्पmबाट सदस्य श्री श्यामकृष्ण महर्जनले यस संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना, संचालक समितिलाई सचेततापूर्वक पूँजी परिचालन गर्नुपर्ने र संचालक समितिमा नयाँ पुस्तालाई सक्षम बनाउँदै  विस्तारै नेतृत्व हस्तारण गर्ने प्रक्रिया अगाडि बढाउनु पर्ने महत्वपूर्ण सुझाव दिए । 


    सो कार्यक्रममा १६ जना भिमरथारोहण गरिसकेका जेष्ठ सदस्यहरुलाई सम्मान, सदस्य तथा सदस्यका छोराछोरीहरु मध्य १२ कक्षामा उत्कृष्ट ५ जनालाई उत्कृष्ट विद्यार्र्थी सम्मान र संस्थाबाट ऋण कारोवार गरी राखेका सदस्यहरु मध्य ३ जनालाई उत्कृष्ट ऋणी सम्मान गर्ने कार्यक्रम सम्पन्न गरियो ।


    संस्थाका अध्यक्ष श्री तिर्थलाल महर्जनले आ।व।२०७९।०८० को प्रगति प्रतिवेदन अनुसार देशमा सिर्जित अत्यन्तै प्रतिकुल वातावरणमा पनि संस्थाले रु।२,४२,००,४०९।०० (अक्षरेपी दुई करोड बयालिस लाख चार सय नौ)  खुद नाफा कमाउन सफल भएकोले शेयर लाभांश ९.७८ प्रतिशत दिने तथा अन्य सुविधामा स्वास्थ्य उपचार खर्च उपलब्ध गराउने प्रस्ताव गरेका थिए । 

    उक्त वार्षिक कार्यक्रममा जेष्ठ सदस्यमा सम्मानित सदस्यमध्ये प्रथम नेपाली महिला पाराशुट जम्पर सुन्दरी श्रेष्ठले आफु २३ वर्षको जल्दोबल्दो उमेरमा २०२६ मंसिर १३ गते देखि २० सम्ममा लगातार ५ पटक चोभार डाँडा (१४०० फिटको) उचाईबाट पाराशुटबाट जम्प गर्दाको आफ्नो रोमान्चक अनुभव तथा आज बुढेशकालमा २ फिट उचाई उक्लिन पनि कठिन भएको बताए । 

    सभाको संचालन सचिव भिमलाल महर्जनले गर्नु भएको थियो । स्वागत मन्तव्य वार्षिक साधारण सभा व्यवस्थापन उपसमितिको संयोजक तथा उपाध्यक्ष ज्ञान बहादुर महर्जनले र सदस्यहरुलाई धन्यवाद दिदै सभापति तथा संस्थाको अध्यक्ष श्री तिर्थलाल महर्जनले सभाको विसर्जन गरे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com