सिटिजन्स बैंंकका पूर्व अध्यक्ष गौतम नेपाल बैंकर्स संघबाट सम्मानित

सिटिजन्स बैंंकका पूर्व अध्यक्ष गौतम नेपाल बैंकर्स संघबाट सम्मानित

आइतवार, पुस ८ २०८०
आइतवार, पुस ८ २०८०
  • सिटिजन्स बैंंकका पूर्व अध्यक्ष गौतम नेपाल बैंकर्स संघबाट सम्मानित

    काठमाडौँ / नेपाल बैंकर्स संघको ३७ औं बार्षिक साधारण सभाबाट सिटिजन्स बैंकका सञ्चालक समितिका पूर्व अध्यक्ष कुलचन्द्र गौतम सम्मानित भएका छन् । हिजो –शनबार) चितवनमा आयोजित संघको ३७ औं बार्षिक साधारण सभाले गौतमलाई सम्मानित गरेको हो ।

    images
    images

    नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको उपस्थितिमा कार्यक्रममा गौतमले सिटिजन्स बैंकको अध्यक्षलगायत राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघ संस्थाको विभिन्न ओहोदामा रहि आर्थिक सामाजिक क्षेत्रमा पु¥याएको अतुलनीय योगदानको उच्च कदर गर्दै उक्त सम्मान प्रदान गरेको हो । 

    गौतम संयुक्त राष्ट्र संघको सहायक महासचिव, युनिसेफको उपकार्यकारी निर्देशक, नेपालको लागि शान्ति प्रक्रिया तथा अन्र्तराष्ट्रिय मामिलामा प्रधानमन्त्रीका विशेष सल्लाहाकार, विश्व बैंक दक्षिण एसियाको खाद्य तथा पोषण सुरक्षा पहलका सल्लाहाकार, सिटिजन्स बैंक सञ्चालक समितिको अध्यक्ष लगायत राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघ संस्थाहरूको विभिन्न ओहोदामा आवद्ध भई गरिबी निवारण, शान्ति प्रक्रिया निर्माण विश्व स्वास्थ्य, आधारभूत शिक्षा कुटनैतिक तथा बैंकिङ्ग क्षेत्र र समस्त अर्थतन्त्रको विकासका लागि विगत ५ दशक भन्दा बढी अनवरत रूपमा योगदान पु¥याउँदै आएका छन् । 
    गौतम सिटिजन्स बैंकको सञ्चालक समितिको अध्यक्षको रूपमा २०६७ बैशाख १७ देखि २०६८ असोज २८ सम्म कार्यरत थिए । 

    सो अवसरमा सम्मानित गौतमलाई सिटिजन्स बैंकले प्रेस विज्ञप्ति जारी गरी बधाइ तथा शुभकामना व्यक्त गरेको छ । यस अघि नै सोही संस्थाको ३५ औ वार्षिक साधारण सभाबाट सन् २०२१ मा यस बैंकका पूर्व अध्यक्ष डा. शंकर शर्मा जो हाल नेपालको तर्फबाट भारतका लागि राजदूत हुनुहुन्छ समेत सम्मानित भई सकेका छन् । 

    डा. शर्मा तथा गौतम जस्ता सम्मानित व्यक्तित्वबाट नेतृत्वप्राप्त गरिसकेको सिटिजन्स बैंकले १६ वर्ष पुरा गरि १७ औं वर्षमा सर्वसाधारणलाई सर्वसुलभ बैंकिङ्ग सेवा पुर्याउँदै आएको बताउँदै आएको छ ।
    सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएकाआफ्ना १९० वटा शाखा,  १५१ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग इकाईहरूबाट १६ लाख ८६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय