नेपाल विज्ञापन संघको साधारण सभा सम्पन्न, सामाजिक सञ्जाललाई नियमन गर्न नियमावली तत्काल ल्याइने

नेपाल विज्ञापन संघको साधारण सभा सम्पन्न, सामाजिक सञ्जाललाई नियमन गर्न नियमावली तत्काल ल्याइने

शुक्रवार, पुस ६ २०८०
शुक्रवार, पुस ६ २०८०
  • images
    images
    नेपाल विज्ञापन संघको साधारण सभा सम्पन्न, सामाजिक सञ्जाललाई नियमन गर्न नियमावली तत्काल ल्याइने
    images
    images

    काठमाडौँ / नेपाल विज्ञापन संघको २४औँ साधारण सभा सम्पन्न भएको छ । विज्ञापन बजारलाई बृहत र व्यवस्थित गर्ने उद्देश्यका साथ शुक्रबार होटेल अरण्य बुटिकमा संघको साधारण सभा सम्पन्न भएको हो । 

    कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ, विज्ञापन बोर्ड, विभिन्न संघ सस्था, सञ्चार उद्यमीहरूको बाक्लो उपस्थिती रह्यो । सो अवसरमा बोल्दै मन्त्री शर्माले आनको विज्ञापन बोर्डमा क्षेत्र गत प्रतिनिधित्व गराउने तथा सरकारले विज्ञापन व्यवसाय र विज्ञापन एजेन्सीप्रति कुनै पूर्वाग्रह नराखेको संघका अध्यक्षबाट राखेका सुुझाव सल्लाहहरूलाई सुधार गर्न सबैबाट पहल हुनुपर्ने बताइन् । 

    साथै उनले अभिव्यक्ति स्वतन्त्रता र राजनैतिक स्वतन्त्रता भएता पनि अश्लिल र छाडापन हुन नहुने साथै सामाजिक सञ्जाललाई नियमन गर्ने कार्यका लागि नियमावली तुरुन्तै जारी गर्ने कार्य भइरहको बताइन् । 

    सरकारले विज्ञापन नियमावली ल्याएर एजेन्सीको पहिचान गराएको र संघका सुुझावहरूलाई सधैँ सकारात्मक रूपमा लिएको र समस्या समाधानका लागि पहल गर्ने बताइन् । विज्ञापन एजेन्सीहरू मिडिया र विज्ञापनदाताको बिचमा रहेर विज्ञापन व्यवसायलाई दिगो बनाउन विज्ञापन एजेन्सीको १५ प्रतिशतको हक अधिकारमा सबै विज्ञापन चक्रका साझेदारहरूले  सहकार्य समन्वयमा काम गर्नुपर्ने अन्यथा अब बन्ने नियमावलीले त्यसलाई बाँधी कारवाहीको दायरामा ल्याउने मन्त्री शर्माले बताइन् । 

    त्यसैगरी कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले संघका मागहरू र विज्ञापन बजार बढाउने विषयमा सकारात्मक रहेको बताए । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले संघबाट बोर्डका हरेक कदममा अत्यन्त सहयोग र सहकार्य भएको विषयमा जोड दिए । 

    मिडिया एलायन्सका अध्यक्ष भाष्कर राजकर्णिकारले सरकारबाट आमसञ्चार क्षेत्रको  संरक्षण तथा विकासका लागि अनियन्त्रित युट्यब तथा सामाजिक सञ्जालमा विज्ञापनमा रोक लगाउनुपर्ने विषयमा जोड दिए । 

    करिव २०० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा उद्घाटन सत्रपश्चात बन्द सत्र हुने संघका महासचिव कृष्ण घिमिरेले जानकारी गराए । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com