हिमालयन हाइड्रोपावरको बार्षिक साधारण सभा पुस २५ गते, हकप्रद शेयर निष्कास गर्ने प्रस्ताव पारित गरिने

हिमालयन हाइड्रोपावरको बार्षिक साधारण सभा पुस २५ गते, हकप्रद शेयर निष्कास गर्ने प्रस्ताव पारित गरिने

बुधवार, पुस ४ २०८०
बुधवार, पुस ४ २०८०
  • images
    images
    हिमालयन हाइड्रोपावरको बार्षिक साधारण सभा पुस २५ गते, हकप्रद शेयर निष्कास गर्ने प्रस्ताव पारित गरिने
    images
    images

    काठमाडौँ / हिमालयन हाइड्रोपावर लिमिटेडले १६औं वार्षिक साधारण सभा २५ गते गर्ने भएको छ । सभा पोखराको वाटरफ्रन्ट रिसोर्टमा उक्त दिन बिहान ११ बजे शुरु गर्ने कम्पनीले जनाएको हो । 

    सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

    त्यस्तै सभाले कम्पनीको संस्थापक तथा सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरूको निर्वाचन पनि गर्नेछ । कम्पनीले शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

    साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १३ देखि २५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com