किंग्स कलेजले कम्प्युटर साइन्समा शैक्षिक अध्यापन सुरु गर्ने

किंग्स कलेजले कम्प्युटर साइन्समा शैक्षिक अध्यापन सुरु गर्ने

आइतवार, मंसिर २४ २०८०
आइतवार, मंसिर २४ २०८०
  • किंग्स कलेजले कम्प्युटर साइन्समा शैक्षिक अध्यापन सुरु गर्ने

    काठमाडौँ / किंग्स कलेजले कम्प्युटर विज्ञानमा शैक्षिक अध्यापन सुरु गर्ने भएको छ।

    images
    images

    उद्यमशिलता शिक्षा प्रदान गर्दै आएको यस कलेजले स्वदेशमा प्रविधिको विकासमा योगदान पुर्‍याउने उदेश्यका साथ  स्नातक तहमा कम्प्युटर विज्ञानको शैक्षिक अध्यापन सुरू गरेको भएको हो। कलेजले 'ब्याचलर्स अफ साइन्स इन कम्युटर साइन्स' शैक्षिक कार्यक्रम संचालनमा ल्याउने बताएको छ। 

    अमेरिकास्थित वेष्टक्लिफ विश्वविद्यालयको सम्बन्धमा संचालन हुने यस चार वर्षे शैक्षिक पाठ्यक्रमले विश्वस्तरमा प्रविधिको क्षेत्रमा भइरहेको द्रुत विकासलाई आत्मसाथ गरी त्यसबाट लाभ लिन पछिल्लो पुस्तालाई सबल बनाउने उदेश्य कलेजले राखेको छ। 

    यस विषयमा हासिल गरिने डिग्री औपचारिक शिक्षामात्र नभई नवप्रवर्तनमा आधारित आर्टिफिसियल इन्टिलिजेन्स (एआई), मसिन लर्निङ, इन्टरनेट अफ थिङ्स, इन्टिलिजेन्ट एप विकास लगायतका क्षेत्रमा सफलता हालिस गर्ने औजार समेत हुने कलेजले जनाएको छ। 

    यस कार्यक्रममार्फत विद्यार्थीहरूलाई कम्प्युटरसम्बन्धी सैद्धान्तिक ज्ञानमात्र नभई वास्तविक विश्वपरिस्थितीमा सूचना प्रविधीको क्षेत्रमा देखापरेका समस्या समाधान गर्न समक्ष बनाउने शिक्षा दिनेमा कलेज विश्वास्त छ।

    शिक्षाले मानिसलाई वर्तमान समस्याको समाधान गर्न र समयअनुसार विभिन्न परिस्थितीको सामना गर्न सक्षम गराउनुका साथै समय सान्दर्भिक शीप विकासमा सघाउने सोच राख्दै कलेजले कम्प्युटर विज्ञानमा स्नातक कार्यक्रम सुरू गरेको कार्यक्रमका प्रमुख मनोज पाण्डेले जानकारी दिए। 

    उनका अनुसार व्यक्ति तथा संस्थाहरूको विशिष्टकृत आवश्यकता परिपूर्ती गर्नको लागि यो कार्यक्रम डिजाइन गरिएको छ।

    आउँदो शैक्षिक शत्रदेखि यस कार्यक्रमको कक्षा संचालन गरिने र सोको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको समेत कलेजले बताएको छ। कलेजले भविष्यमा कम्युटर विज्ञान विषयमा स्नातकोत्तर कक्षा पनि संचालन गर्ने बताएको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय