आईएमई लाइफद्वारा टिकापुरमा तालिम सम्पन्न, भूमिका कारवाही तथा सजाय लगायतका विषयमा जानकारी

आईएमई लाइफद्वारा टिकापुरमा तालिम सम्पन्न, भूमिका कारवाही तथा सजाय लगायतका विषयमा जानकारी

आइतवार, मंसिर १७ २०८०
आइतवार, मंसिर १७ २०८०
  • images
    images
    आईएमई लाइफद्वारा टिकापुरमा तालिम सम्पन्न, भूमिका कारवाही तथा सजाय लगायतका विषयमा जानकारी
    images
    images

    काठमाडौँ / आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश कार्यालय अन्तर्गत शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा आतड्ढकारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम प्रदान गरेको छ । 
     
    मङ्सिर १७ गते सम्पन्न तालिममा सम्पत्ति शुद्धीकरणको कानूनी संरचना, परिभाषा, सम्पत्ति शुद्धीकरण निवारण नीति, एएमटि/सिएफटिका महत्व र लक्ष्यहरु, मनि लाउन्डरिङ्गका घटनाहरु, सम्पत्ति शुद्धीकरणको लक्ष्यहरु, नेपाली जीवन बीमा क्षेत्रमा सम्भावित मनि लाउन्डरिङ्गका घटनाहरु, विभिन्न विधिबाट रेकर्ड र रिपोर्टिङ्गको पहिचान, एकल बीमाशुल्क, वित्तीय जोखिमाड्ढन, खास कारोबारमा विशेष ध्यान दिनुपर्ने, जोखिम वर्गिकराण, वित्तीय जोखिमाड्ढको चरण, कम्पनीको भूमिका कारवाही तथा सजाय लगायतका विभिन्न विषयमा विस्तृत जानकारी दिईएको थियो । 

    आईएमई लाइफ ईन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालयका बिभागिय प्रमुखहरुको उपस्थितमा उक्त तालिम सञ्चालन गरिएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com