आज सुन र चाँदी दुवैको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

आज सुन र चाँदी दुवैको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

बिहिवार, मंसिर १४ २०८०
बिहिवार, मंसिर १४ २०८०
  • आज सुन र चाँदी दुवैको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ / आज बिहीबार नेपाली बजारमा सुन–चाँदी दुवैको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार लगातार तीन दिन नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य यसदिन स्थिर रहको हो।

    images
    images

    बुधबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार छ सय रूपैयाँ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो।उक्त दिन सुन प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। बिहीबार पनि सुन सोही मूल्यमा किनबेच हुने भएको छ । 

    महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

    त्यसैगरी, आज बिहीबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला १५ सय २० रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय