चाडपर्वपछि सामान्य अंकले बढ्यो नेप्से, एक अर्ब नौ करोड बढीको कारोबार

चाडपर्वपछि सामान्य अंकले बढ्यो नेप्से, एक अर्ब नौ करोड बढीको कारोबार

सोमवार, मंसिर ४ २०८०
सोमवार, मंसिर ४ २०८०
  • images
    images
    चाडपर्वपछि सामान्य अंकले बढ्यो नेप्से, एक अर्ब नौ करोड बढीको कारोबार
    images
    images

    काठमाडौँ / तिहार र छठपछि आज खुलेको शेयर बजारमा झिनो अङ्कको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक एक दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ५३ दशमलव ४८ अङ्कमा कायम भएको छ ।

    आज दुई सय ८४ कम्पनीको ३३ लाख १९ हजार पाँच सय ५८ कित्ता शेयर ४४ हजार सात सय २७ पटक खरिद बिक्री हुँदा रू एक अर्ब नौ करोड ९३ लाख १८ हजार २९ बराबरको कारोबार भएको छ ।

    आज होटल तथा पर्यटन समूह एक दशमलव ८३, उत्पादन तथा प्रशोधन समूह एक दशमलव ९१, लघुवित्त समूह एक दशमलव ४२ र अन्य समूह शून्य दशमलव १३ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै बढ्नेमा भने व्यापार समूह एक दशमलव ४२ र विकास बैंक समूह एक दशमलव २६ प्रतिशतले बढेको छ ।
         
    आजको कारोबारमा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै मूल्य बढ्नेमा भने ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर नौ दशमलव ९८ प्रतिशतले बढेको छ ।

    शेयरका सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको रू सात करोड ३६ लाख २५ हजार छ सय ६६ कित्ता शेयर किनबेच भएको छ भने कारोबार भएको रकमका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको दुई लाख २४ हजार ८६ कित्ता शेयर किनबेच भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com