उकालो लाग्यो नेप्से परिसूचक, ९३ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबारमा सोल्टी होटल शीर्ष स्थानमा

उकालो लाग्यो नेप्से परिसूचक, ९३ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबारमा सोल्टी होटल शीर्ष स्थानमा

सोमवार, कार्तिक २० २०८०
सोमवार, कार्तिक २० २०८०
  • images
    images
    उकालो लाग्यो नेप्से परिसूचक, ९३ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबारमा सोल्टी होटल शीर्ष स्थानमा
    images
    images
     
     
    काठमाडौँ / आज (सोमबार) धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१.३० ले बढेर एक हजार आठ सय ४७.५४ मा पुगेको छ । 
     
    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने  ३.३३ अङ्कले उकालो लागेर तीन सय ५५.७३ मा पुगेको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा आज बृद्धि भएको छ । 
     
    कूल ३५ लाख ५५ हजार छ सय ७० कित्ता शेयर रु ९३ करोड ८९ लाख २९ हजार ४० मूल्यमा कारोबार भयो । कारोबारका आधारमा सोल्टी होटल शीर्ष स्थानमा छ । 
     
    सो कम्पनीको रु छ करोड ४३ लाख २० हजार नौ सय १० बराबरको कारोबार भयो । सोनापुर मिनरल्स रु पाँच करोड ६२ लाख तीन हजार एक सय १६, हाथवे इन्भेस्टमेन्ट रु तीन करोड ७८ लाख ३९ हजार छ सय ६०,हिमालय बैंक रु तीन करोड ५८ लाख ४८ हजार सात सय ५० र मञ्जुश्री फाइनान्स रु दुई करोड ३९ लाख ७२ हजार नौ सय ५७ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् । 
     
    नेप्सेका अनुसार हाथवे इन्भेस्टमेन्ट ९.९८, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ९.९३, आशा लघुवित्त ६.१६,दिव्यश्वरी हाइड्रोपावर ५.८८ र माई खोला हाइड्रोपावरका लगानीकर्ताले ५.८२ प्रतिशतले कमाएका छन् ।
     
     यस्तै, लक्ष्मी लघुवित्त ४.२८, विन नेपाल लघुवित्त ३.९९, एनआइसि एशिया लघुवित्त ३.९१,एनआइसि एशिया ब्यालेन्स फण्ड ३.०१ र माया खोला हाइड्रोपावरका लगानीकर्ताले २.४० प्रतिशतले गुमाएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com