लक्ष्मी टेक्नोे प्लाष्टको बार्षिक साधारण सभा मङ्सिर ११ गते, प्रिमियममा आईपीओ निष्कासन गर्ने

लक्ष्मी टेक्नोे प्लाष्टको बार्षिक साधारण सभा मङ्सिर ११ गते, प्रिमियममा आईपीओ निष्कासन गर्ने

सोमवार, कार्तिक २० २०८०
सोमवार, कार्तिक २० २०८०
  • images
    images
    लक्ष्मी टेक्नोे प्लाष्टको बार्षिक साधारण सभा मङ्सिर ११ गते, प्रिमियममा आईपीओ निष्कासन गर्ने
    images
    images

    काठमाडौँ / लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारी गरेको छ । कम्पनी सञ्चालक समितिले प्रिमियममा आईपीओ ल्याउने प्रस्ताव आफ्नो वार्षिक साधारणसभामा लैजान लागेको हो । 

    कम्पनीले सातौँ वार्षिक साधारणसभा मङ्सिर ११ आयोजना गरेको छ । सोही सभाले प्रिमियममा आईपीओ निष्कासन गर्ने  विशेष प्रस्ताव पारित गरेपछि कम्पनीले निष्कासनको प्रक्रिया अगाडि बढाउनेछ । 

    कम्पनीको वार्षिक साधारणसभा मकवानपुरको हेटौँडास्थित रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभाले कम्पनीको पुँजी वृद्धिको प्रस्ताव पनि अनुमोदन गर्नेछ । 

    कम्पनीको आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाउने जिम्मेवारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव सभाले स्वीकृत गर्नेछ । त्यस्तै सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै २०८०/८१ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com