नेपाल बैंकको सीईओको लागि १९ जनाले दिए आवेदन, यी हुन् आवेदकहरू

नेपाल बैंकको सीईओको लागि १९ जनाले दिए आवेदन, यी हुन् आवेदकहरू

सोमवार, कार्तिक १३ २०८०
सोमवार, कार्तिक १३ २०८०
  • नेपाल बैंकको सीईओको लागि १९ जनाले दिए आवेदन, यी हुन् आवेदकहरू

    काठमाडौँ / नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्नको लागि १९ जनाको आवेदन परेको छ । कम्पनीले प्रकाशित गरेको सूचना अनुसार उक्त पदका लागि आवेदन दिने अन्तिम मिति आइतबारसम्म रहेको थियो । 

    images
    images

    बैंकको सीईओ पदका लागि अशोक कुमार पौडेल,अशोक कुमार पौडेल, समता पन्त, देवेश प्रसाद लोहनी, विभु प्रसाद अर्याल,रमेश प्रसाद जोशी, शंकर केसी छन् । त्यस्तै, सुन्दर पन्थी, लक्ष्मण पौडेल, दिर्घ बहादुर अर्याल, ध्रुवचन्द्र गौतम,रामदेव यादव, कृष्ण प्रसाद आचार्य,छबिराज पन्त, राजुनाथ खनाल, बिष्णु देव यादव, प्रमोद बाबू तिवारी, सुरेन्द्र भुषण श्रेष्ठ, प्रताप सुवेदी र तिलक राज पाण्डेय छन् । बैंकले प्रकाशित गरेको सूचना अनुसार उक्त पदका लागि आवेदन दिने अन्तिम मिति आइतबारसम्म रहेको थियो । 

    आवेदन दिएकामध्ये प्रताप सुवेदी कृषि विकास बैंकका डेपुटी जनरल म्यानेजर हुन् भने देवेश प्रसाद लोहनी राष्ट्रिय वाणिज्य बैंकका डेपुटी कार्यकारी अधिकृत हुन्। त्यस्तै कृष्ण प्रसाद आचार्य कर्मचारी संचय कोषका पूर्व प्रशासक हुन् । 

    सीईओका लागि आवेदन दिएका कतिपय व्यक्तिहरुले छनौट पूर्व नै तिव्र रुपमा लविईङ गर्न शुरु गरिसकेका छन् । यसअघि कम्पनीको सीईओमा कृष्ण अधिकारी थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय