दसैँको मौका छोप्दै बढी भाडा लिने माइक्रो बसलाई कारबाही

दसैँको मौका छोप्दै बढी भाडा लिने माइक्रो बसलाई कारबाही

शुक्रवार, कार्तिक १० २०८०
शुक्रवार, कार्तिक १० २०८०
  • images
    images
    दसैँको मौका छोप्दै बढी भाडा लिने माइक्रो बसलाई कारबाही
    images
    images

    जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चाडपर्वको मौका छोप्दै बढी भाडा लिने सवारी साधनलाई कारबाही गरेको छ। दमौलीबाट काठमाडौँ जाने माइक्रोले प्रतिव्यक्ति एक हजार रुपैयाँ भाडा लिएको भेटिएपछि ट्राफिक प्रहरीले उक्त माइक्रोलाई जरिबाना तिराएर कारबाही गरेको छ भने यात्रुहरूको भाडा फिर्ता गराएको छ।

    दमौलीबाट काठमाडौं छुट्ने माइक्रोले प्रतिव्यक्ति एक हजार भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजीव विष्टको नेतृत्वमा शुक्रबार बिहान जाँच गरी सबै यात्रुको भाडा फिर्ता गराइएको हो।

    दमौलीबाट काठमाडौँसम्मको भाडा ६५० रुपैयाँ रहेकामा चाडपर्वको मौका छोपी केही सवारी साधनले एक हजारसम्म लिने गरेको गुनासो आएको छ। “दसैँको मौका छोपी बढी भाडा लिएको गुनासो आएपछि म आफैँ जाँच गर्न पुगेको थिएँ,” विष्टल भने, “काठमाडौँ जाँदै गरेको माइक्रोलाई आँबुखैरेनीमा रोकेर कारबाही गरेका छौँ।” 

    चाडपर्वको मौका छोपी बढी भाडा लिएको भए प्रहरीलाई खबर गर्न उनले आग्रह गरे। त्यस्तै, भोर्लेटारचोकमा बिहानै काठमाडौँ जाने यात्रुहरूबाट एक हजार लिएको गुनासो आएपछि प्रहरीले तोकिए भन्दा बढी भाडा नलिन यातायात व्यवसायीलाई निर्देशन दिएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com