एनआइसी एशिया लघुवित्तले घोषणा गर्‍यो १५ प्रतिशत लाभांश

एनआइसी एशिया लघुवित्तले घोषणा गर्‍यो १५ प्रतिशत लाभांश

शुक्रवार, कार्तिक ३ २०८०
शुक्रवार, कार्तिक ३ २०८०
  • images
    images
    एनआइसी एशिया लघुवित्तले घोषणा गर्‍यो १५ प्रतिशत लाभांश
    images
    images

    काठमाडौँ / एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

    कम्पनीको कात्तिक १ गते बसेको सञ्चालक समितिको बैठकले कर सहित १५ प्रतिशतका नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्।

    हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७३ हजार ९४ लाख ४० हजार रुपैयाँ रहेको छ। सोही पुँजीको आधामा कम्पनीले लाभांश दिन लागेको हो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com