दुई महिनामा वाणिज्य बैंकहरूले कमाए १६ अर्ब ६४ करोड नाफा, कुन बैंकले कति ?

दुई महिनामा वाणिज्य बैंकहरूले कमाए १६ अर्ब ६४ करोड नाफा, कुन बैंकले कति ?

राष्ट्र बैंकको तथ्यांकअनुसार भदौ मसान्तसम्ममा नेप्सेमा सूचीकृत २० वटा वाणिज्य बैंकले १६ अर्ब ६४ करोड ८६ लाख ९० हजार रुपैयाँ नाफा आर्जन गरेका हुन् ।

बुधवार, कार्तिक १ २०८०
बुधवार, कार्तिक १ २०८०
  • images
    images
    दुई महिनामा वाणिज्य बैंकहरूले कमाए १६ अर्ब ६४ करोड नाफा, कुन बैंकले कति ?
    images
    images

    काठमाडौँ / वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिनामै १६ अर्ब ६४ करोड रुपैयाँ भन्दा बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार भदौ मसान्तसम्ममा नेप्सेमा सूचीकृत २० वटा वाणिज्य बैंकले १६ अर्ब ६४ करोड ८६ लाख ९० हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएका हुन् । 

    यसअघि साउन महिनामा वाणिज्य बैंकहरुले समग्रमा ८ अर्ब ५२ करोड २४ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएका थिए । दुई महिनामा सर्वाधिक १ अर्ब ७५ करोड ५८ लाख रुपैयाँ नाफा कमाउँदै ग्लोबल आईएमई बैंक शीर्ष स्थानमा रहन सफल भएको छ । 

    यस्तै, दुई महिनामा एसबीआई बैंकले सबैभन्दा कम नाफा आर्जन गरेको छ । समीक्षा अवधिमा यस बैंकले सबैभन्दा कम २७ करोड २९ लाख ९० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । त्यसैग।ी धेरै नाफा आर्जन गर्ने बैंकहरुको दोस्रो नम्बरमा रहेको नबिल बैंक रहेको छ । यस बैंकले दुई महिनामा १ अर्ब ५६ करोड ४५ लाख ५० हजार रुपैयाँ आर्जन गरेको छ । 

    यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक र कुमारी बैंकले पनि १ अर्बभन्दा बढी नाफा कमाउन सफल भएका छन् । दुई महिनामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले  १ अर्ब ४८ करोड ६५ लाख ७० हजार रुपैयाँ, हिमालयन बैंकले १ अर्ब २३ करोड २४ लाख ८० हजार रुपैयाँ र कुमारी बैंकले १ अर्ब १४ करोड ५३ लाख २० हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन् । 

    यस्तै, दुई महिनामा राष्ट्रिय वाणिज्य बैंकले ८७ करोड ५१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ भने, लक्ष्मी सनराइज बैंकले ८१ करोड ४० लाख ९ हजार रुपैयाँ, प्राइम कमर्सियल बैंकले ८३ करोड ६५ लाख ५० हजार रुपैयाँ, एनआईसी एसिया बैंकले ८० करोड ५५ हजार रुपैयाँ नाफा कमाएका छन् । 

    यता, एनएमबि बैंकले ७६ करोड ७० लाख ३ हजार नाफा कमाउँदा एभरेष्ट बैंकले ७१ करोड २५ लाख ९० हजार रुपैयाँ, नेपाल बैंकले ७० करोड ७१ लाख ४० हजार रुपैयाँ, प्रभु बैंकले ६६ करोड ४१ लाख ७० हजार रुपैयाँ, कृषि विकास बैंकले ६१ करोड ५६ लाख ३० हजार रुपैयाँ नाफा कमाएका छन् । 

    यसैगरी सानिमा बैंकले ५१ करोड २० लाख ९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ भने सिद्धार्थ बैंकले ५८ करोड ६५ लाख ८० हजार रुपैयाँ, माछापुच्छ्रे बैंकले ३७ करोड ६३ लाख ८० हजार रुपैयाँ, स्ट्याण्डर्ड चाटर्ट बैंकले ४८ करोड ४५ लाख २० हजार रुपैयाँ र सिटिजन्स बैंकले ४४ करोड ३१ लाख ७० हजार रुपैयाँ नाफा कमाएको छ ।

    कुन बैंकको नाफा कति ? 

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com