सिटिजन्स बैंंकको मोबाइल बैंकिङ्ग एपमा नयाँ सुविधा थप, अब एप मार्फत नै चेक रोक्का गर्न सकिने

सिटिजन्स बैंंकको मोबाइल बैंकिङ्ग एपमा नयाँ सुविधा थप, अब एप मार्फत नै चेक रोक्का गर्न सकिने

मंगलवार, असोज ३० २०८०
मंगलवार, असोज ३० २०८०
  • images
    images
    सिटिजन्स बैंंकको मोबाइल बैंकिङ्ग एपमा नयाँ सुविधा थप, अब एप मार्फत नै चेक रोक्का गर्न सकिने
    images
    images

    काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकको मोबाइल बैंकिङ्ग एपमा नयाँ सुविधा थप गरेको छ । 

    बैंकले आफ्ना ग्राहकहरुको मोबाइल बैंकिङ्ग अनुभव अभिवृद्धि गराउने र वास्तविक डिजिटल बैंकिङ्गको अनुभूति गराउने उद्देश्यले सिटिजन्स स्मार्ट मोवाइल बैंकिङ्ग एपमा नँया सुविधाहरु थप गरेको हो ।  

    डिजिटल बैंकिङ्गलाई सधैं प्राथमिकतामा राख्दै आएको यस बैंकले हाल मोबाइल बैंकिङ्ग एप मार्फत नियमित प्रदान गर्दै आइरहेको सेवाहरुको अतिरिक्त अन्यउपयोगी सेवाहरु समेत थप गरेको छ । 

    अब ग्राहकहरुले मोवाइल बैंकिङ्ग एप मार्फत नै मुद्दती खाता खोल्ने, चेक रोक्का गर्ने, डेविट कार्ड प्राप्त गर्न निवेदन दिने, कार्ड ब्लक गर्ने, पिन रिसेट गर्ने, क्रेडिट कार्डको सिमा हेर्ने जस्ता सुविधाहरु थप गरेको छ । 

    बैंकले आफ्ना बिशेष ग्राहकहरुलाई लक्षित गरी मोबाइल मार्फत नै प्रिभिलेज बैंकिङ्ग सेवा समेत सुरु गरेको छ । यस अघि बैंकले विभिन्न प्रिभिलेज काउन्टरहरु मार्फत प्रिभिलेज बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकोमा अब मोबाइल बैंकिङ्ग एप मार्फत नै प्रिभिलेज सेवाहरु प्रदान गर्नेछ । 

    यस सेवा अन्तर्गत ग्राहकहरुले बैँकका तोकिएका सम्पर्क अधिकृतहरु मार्फत बिना झनझट बैंकिङ्ग सेवा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपलाई नयाँ युआई (प्रयोगकर्ता इन्टरफेस) मा अपग्रेड गरिएको छ जसले प्रयोगकर्ताको अनुभव बढाउने विश्वास बैंकले गरेको छ । 

    बैंकको अनुसार लगइन मेनु पनि पुनः संगठित गरिएको छ जहाँ स्मार्ट सेवाहरू, स्मार्ट प्रस्तावहरू, ईएमआई क्याल्कुलेटर र विदेशी मुद्रा आइकन छुट्टै ब्लक डिजाइनमा राखिएको छ । लागू गरिएको नयाँ डिजाइन प्रयोगकर्ता मैत्री बनाइएक‍ो र साथै नेपालपे को क्युआर मार्फत व्यापारीहरूलाई क्युआर स्क्यान गरी भुक्तानी गर्ने सुविधाहरू जस्ता विभिन्न नयाँ सुविधाहरू ल्याएको बैंकले जनाएको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा एटिएम. र  ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ६४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com