शिवम् होल्डिङग्सको बार्षिक साधारण सभा कत्तिक २२ गते, सर्वसाधारणमा आईपिओ निष्काशन गर्ने

शिवम् होल्डिङग्सको बार्षिक साधारण सभा कत्तिक २२ गते, सर्वसाधारणमा आईपिओ निष्काशन गर्ने

मंगलवार, असोज ३० २०८०
मंगलवार, असोज ३० २०८०
  • images
    images
    शिवम् होल्डिङग्सको बार्षिक साधारण सभा कत्तिक २२ गते, सर्वसाधारणमा आईपिओ निष्काशन गर्ने
    images
    images

    काठमाडौँ / शिवम् होल्डिङग्स लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । असोज २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कास सम्बन्धी प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि दोस्रो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

    सभा कात्तिक २२ गते कम्पनीको कार्यालय अनामनगर, काठमाडौंमा ११ बजे गर्ने निर्णय कम्पनीले गरेको हो । कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि १ करोड १६ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । आगामी दिनमा आईपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि कम्पनीले सभामार्फत गराउनेछ । 

    गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्तापूँजी ४ अर्ब ३६ करोड रूपैयाँको आधारमा ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि सभाले पारित गर्नेछ । हाल सञ्चालकको संख्या ७ जना रहेकोमा सोलाई घटाई ५ जना कायम गर्ने निर्णय पनि सभाले गर्नेछ 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com