इसेवाको चाडपर्व लक्षित ‘इसेवा डिजिटल उत्सव’, मोटरसाइकल जित्नेदेखि दुबई टुर प्याकेजसम्म

इसेवाको चाडपर्व लक्षित ‘इसेवा डिजिटल उत्सव’, मोटरसाइकल जित्नेदेखि दुबई टुर प्याकेजसम्म

सोमवार, असोज २९ २०८०
सोमवार, असोज २९ २०८०
  • images
    images
    इसेवाको चाडपर्व लक्षित ‘इसेवा डिजिटल उत्सव’, मोटरसाइकल जित्नेदेखि दुबई टुर प्याकेजसम्म
    images
    images

    काठमाडौँ / इसेवाले दसैंतिहारलाई मध्यनजर गर्दै ‘इसेवा डिजिटल उत्सव’ हर्ष अझै बढ्छ अफर सार्वजनिक गरेको छ । जसअन्तर्गत ३७.९९ रूपैयाँ खेल खेल्दा ३ लाख ७९ हजार ९०० रुपैयाँ मूल्यको यामाहा मोटरसाइकल जित्न सकिने इसेवाले जनाएको छ ।

    यसैगरी इसेवामार्फत ३७.९९ रूपैयाँ खेलबाहेक कुनै पनि दुईवटा भिन्न कारोबार गर्दा  दुई जनाले यामाहाको मोटरसाइकल जित्न सक्नेछन् । इसेवा डिजिटल उत्सव अफरअन्तर्गत नै इसेवाबाट मोबाइल नम्बर प्रयोग गरी सिधै बैंक खातामा पैसा पठाउँदा १ भाग्यशाली जोडीले दुबई टुर प्याकेज पनि पाउनेछन् ।

    साथमा कात्तिक १ गते इसेवा केअर किन्दा भाग्यशाली १ जनाले १०० गुणा क्यासब्याक पाउने अफर पनि राखेको छ । त्यसैगरी, इसेवाबाट जहाजको आन्तरिक उडानको टिकट काट्दा भाग्यशाली ५ जनाले जोडीका लागि होटलको स्टेकेसन प्याकेज तथा १ जनाले रियल मी पाउने कम्पनीले जनाएको छ ।

    साथै, इसेवाबाट इन्टरनेट तथा टिभीको बिल भुक्तानी गर्नेले ३०० रुपैयाँसम्मको क्यासब्याक तथा सिजी डिजिटलको टिभीसमेत जित्न सक्नेछन् । बसको टिकट काट्ने वा होटल बुक गर्ने प्रयोगकर्ताले चितवन तथा पोखरामा ३ दिन २ रातको स्टेकेसन पनि जित्न सक्नेछन् ।

    इसेवामा आबद्ध व्यवसायीले सेमत ग्राहकमार्फत क्यूआर भुक्तानी लिँदा वासिङ मेसिन, एयर फ्रायर, स्यान्डविच मेकरलगायत उपहार जित्न सक्नेछन् । त्यसै गरी, अनलाइन कारोबारका लागि इसेवाबाट भुक्तानी गर्नेले बिनब्याग जित्न सक्नेछन् ।

    विदेशबाट इसेवा मनि ट्रान्सफरको साझेदारमार्फत इसेवा वालेटमा ५ हजारभन्दा बढीको भुक्तानी पाउने सबैले टप-अप, इन्टरनेट, होटेल, एयरलाइन्स तथा इसेवा केयर प्याकेज खरिदमा पक्का क्यासब्याकका लागि प्रोमो कोड प्राप्त गर्नेछन् ।

    हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइलमार्फत ७८ लाख बढी ग्राहकले लिइरहेका छन् । यसैगरी देशभर रहेका दुई लाखभन्दा बढी एजेन्टमार्फत अप्रत्यक्ष रुपमा डेढ करोडभन्दा बढी जनसंख्याले सेवा लिइरहेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com