सानिमा सेक्यूरिटीजले आजदेखि सुरु गर्यो कारोबार, ब्रोकर नं कति ?

सानिमा सेक्यूरिटीजले आजदेखि सुरु गर्यो कारोबार, ब्रोकर नं कति ?

सोमवार, असोज २९ २०८०
सोमवार, असोज २९ २०८०
  • सानिमा सेक्यूरिटीजले आजदेखि सुरु गर्यो कारोबार, ब्रोकर नं कति ?

    काठमाडौँ / सानिमा सेक्यूरिटीज लिमिटेड ब्रोकर नं. ८३ ले असाेज २९ गते देखि आफ्नो कारोबार बिधिवत रुपमा सुरुवात गरेको छ । 

    images
    images

    उक्त कार्यक्रमको उद्घाटन सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे र यस सानिमा सेक्यूरिटीज लिमिटेडका संचालकहरुले संयुक्त रुपमा गरे।

    उद्घाटन् समारोहमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले सानिमा सेक्यूरिटीजको बिधिवत रुपमा कारोबार संचालनमा आएकोमा बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय धितोपत्र दलालको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गर्नुका साथै ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

    सानिमा सेक्यूरिटीज लिमिटेडले साउन १० गतेको दिन नेपाल धितोपत्र बोर्डबाट र भदाै २५ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट सदस्यता प्राप्त गरेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय