घटस्थापनाको दिन हनुमानढोकास्थित दसैँघरमा जमरा राखिँदै (फोटोफिचर)

घटस्थापनाको दिन हनुमानढोकास्थित दसैँघरमा जमरा राखिँदै (फोटोफिचर)

आइतवार, असोज २८ २०८०
आइतवार, असोज २८ २०८०
  • घटस्थापनाको दिन हनुमानढोकास्थित दसैँघरमा जमरा राखिँदै (फोटोफिचर)

    काठमाडौँ / आजदेखि नवरात्र प्रारम्भ भएको छ।नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैंसुरु भएको मानिन्छ। 

    images
    images

    घटस्थापनाको अवसरमा नेपालीहरुको घरघरमा दशैको जमरा राखिएको छ। यही अवसरमा काठमाडौँको वसन्तुरमा रहेको दशैंघरमा पनि जमरा राखिएको छ।  नेपाली सेनाको टोलीले मंगल धुन बजाएर बढाईं गरेसँगै आज बिहान ११ बजेर २९ मिनेटको शुभ साइतमा जमरा राखिएको हो।   

    बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौं रोप्ने परम्परा छ। यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ। घटस्थापनाको दिन रोपिएको जमरा विजयादशमीको दिन दुर्गालाई चढाएर टिका प्रसादसँगै जमरा पनि लगाउने गरिन्छ। जमरालाई आयुर्वेदिक औषधिका रूपमासमेत प्रयोग गरिन्छ।

    नवरात्रको प्रथम दिवसमा शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धीदात्रीको पूजाअर्चना गरिन्छ । विशेषतः जमरा जौ को राख्ने गरिन्छ । तर आजभोलि भने मकै र गहुँ पनि मिसाएर जमरा राख्ने प्रचलन छ ।

    हेर्नुहोस् तस्बिरहरू 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय