न्युजिल्याण्डका ४ सहरमा दशैँ धमाका,  प्रमोद, मेलिना र सुमनको साथ

न्युजिल्याण्डका ४ सहरमा दशैँ धमाका,  प्रमोद, मेलिना र सुमनको साथ

शुक्रवार, असोज १९ २०८०
शुक्रवार, असोज १९ २०८०
  • images
    images
    न्युजिल्याण्डका ४ सहरमा दशैँ धमाका,  प्रमोद, मेलिना र सुमनको साथ
    images
    images

    नेपालीहरुको चाडबाड बढेसँगै बिदेशमा कार्यक्रम आयोजनाको रफ्तार बढेको छ। 

    नजिकिदै गरेको दशैँको अवसर पारेर न्युजिल्याण्डमा दशैँ धमाका हुने भएको छ। 

    निकै कम मात्रामा नेपाली कार्यक्रम हुने देश मध्ये एक हो  न्युजिल्याण्ड। न्युजिल्याण्डमा यसपटक गायक प्रमोद खरेल, मेलिना राई र हाँस्यव्यङ्ग्य कलाकार सुमन कार्कीले दर्शकहरुलाई मनोरञ्जन दिलाउने छन्।  

    काठमाण्डौँमा एक कार्यक्रमको आयोजना गरि न्युजिल्याण्डमा हुने कार्यक्रमबारे जानकारी दिइएको हो। लाखे इभेन्टको आयोजनामा रहेको कार्यक्रम दशैँ धमाकालाई इन्फोमेटिक कन्सल्टेन्सी पुतलीसडकले साथ दिएको छ।

    न्युजिल्याण्डमा पहिलो पटक आफू जान लागेको पत्रकारहरुलाई बताउँदै गायक प्रमोद खरेलले यो दशैँमा धमाका गर्नका लागि तयार रहन न्युजिल्याण्डको दर्शकलाई आग्रह गरेका छन्। 

    एडमन्ड हिलारीको देशको रुपमा चिनिएको देश न्युजिल्याण्डमा जान आफू उत्साहित रहेको प्रमोदले बताए।

    हाँस्यकलाकार सुमन कार्कीले आफ्नो जीवनको पहिलो दशैँ दर्शकहरुसंग हुने भएको हुदाँ उत्साहित भएको बताए। घर परिवारसंग यसपाली दशैँ मनाउन नपाउने भएता पनि दर्शकसंग मायाले उर्जा दिनेमा विश्वास रहेको बताए।

    इन्फोमेटिक कन्सल्टेन्सीका प्रमुख ज्ञानेन्द्रमान जोशीले न्युजिल्याण्डमा नेपाली कार्यक्रम निकै कम हुने भएता पनि  लाखे इभेन्टले नियमित कार्यक्रम गर्ने हुदाँ यस वर्षको दशैँ विशेष कार्यक्रम सफल हुने विश्वास व्यक्त गरे। 

    न्युजिल्याण्डका विभिन्न ४ वटा सहरमा कार्यक्रम हुने जोशीले जानकारी दिए।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com