अङ्कारा बम हमलाकारी सिरियाबाट आएका हुन् : टर्कीएका विदेशमन्त्री

अङ्कारा बम हमलाकारी सिरियाबाट आएका हुन् : टर्कीएका विदेशमन्त्री

बिहिवार, असोज १८ २०८०
बिहिवार, असोज १८ २०८०
  • images
    images
    अङ्कारा बम हमलाकारी सिरियाबाट आएका हुन् : टर्कीएका विदेशमन्त्री
    images
    images

    अङ्कारा । टर्कीएका विदेशमन्त्री हकान फिदानले राजधानी अङ्कारामा हालैको आत्मघाती बम हमलाका जिम्मेबार दुई आक्रमणकारी सिरियाबाट आएको खुलासा गरेका छन् । “दुई आतङ्ककारी सिरियाबाट आएको र यहाँ तालिम प्राप्त गरेको स्पष्ट भएको छ”, आक्रमणको स्पष्ट जवाफ दिने प्रतिज्ञा गर्दै पत्रकार सम्मेलनमा उनले भने । टर्कीएको आन्तरिक मामिला मन्त्रालयको भवनमा आइतबार आत्मघाती बम हमला भएको थियो । हमलामा दुई प्रहरी अधिकारी घाइते भएका थिए ।

    हमलाका क्रममा एक आत्मघातीले आफैँलाई उडाएका थिए भने अर्का आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको थियो । बुधबारसम्म टर्कीएको आन्तरिक मामिला मन्त्रालयले दुई आक्रमणकारी कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके)का सदस्य भएको पहिचान नगरेको भए पनि टर्कीएका लडाकु विमानहरूले बम हमला भएको केही घण्टापछि नै उत्तरी इराकमा रहेको पीकेकेका संदिग्ध लक्ष्यहरूमा आक्रमण गरेको थियो ।

    टर्कीए, अमेरिका र युरोपेली युनियनले पीकेकेलाई आतङ्ककारी सङ्गठनको सूचीमा राखेका छन् । तीन दशकभन्दा लामो समयदेखि पीकेकेले टर्कीस सरकारविरुद्ध विद्रोह गर्दै आएको छ । टर्कीएले उत्तरी इराकमा पीकेकेविरुद्ध सीमापार आक्रमण सुरु गरेको छ ।

    टर्कीएले इस्लामिक स्टेट लडाकु र अङ्काराले पीकेकेको सिरिया शाखा भन्दै आएको कुर्दिश वाइपीजी लडाकुको ‘आतङ्ककारी’ हमलाहरूबाट सिरियासँगको आफ्नो सिमाना क्षेत्रलाई सुरक्षित बनाउने प्रयास गरिरहेको छ । रासस

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com