हिमालयन लाइफ इन्स्योरेन्सको व्यतित बीमालेखमा लाग्ने ब्याज जरिवानामा छुट

हिमालयन लाइफ इन्स्योरेन्सको व्यतित बीमालेखमा लाग्ने ब्याज जरिवानामा छुट

बुधवार, असोज १० २०८०
बुधवार, असोज १० २०८०
  • images
    images
    हिमालयन लाइफ इन्स्योरेन्सको व्यतित बीमालेखमा लाग्ने ब्याज जरिवानामा छुट
    images
    images

    काठमाडौँ / साविका प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखहरूमा छुटको व्यवस्था गरिएको छ । 

    कम्पनीले व्यतित बीमालेखहरू असोज १० गतेदेखि २६ गतेसम्म नविकरण तथा पूनर्जागरण गर्दा लाग्ने ब्याज तथा जरिवानामा छुट गर्ने भएको हो । ३ वर्षसम्म व्यतित भएका बीमालेखमा ब्याज जरिवानामा शतप्रतिशत छुट गर्ने कम्पनीले जानकारी दिएको छ ।

    त्यस्तै ३ वर्षभन्दा माथी ७ वर्षसम्म व्यतित बीमालेखमा ब्याज जरिवानामा ५० प्रतिशत र ७ वर्षभन्दा माथी जतिसुकै अवधिको व्यतित बीमालेखमा ब्याज जरिवानामा २५ प्रतिशत छुट गर्ने निर्णय कम्पनीले गरेको हो । 

    यस किसिमको व्यतित बीमालेख पूनर्जागरण गर्दा दिईएको छुट सुविधा बीमा अवधिभर एकपटक मात्र प्रदान गरिने भनाई कम्पनीको छ । कम्पनीबाट ब्याज जरिवाना छुट सुविधाको उपयोग गरी नविकरण गराईएका बीमालेखहरू नविकरण भएको मितिले दुई वर्षभित्र बीमित तथा प्रस्तावकहरूले नियमानुसार समर्पण गर्न चाहेकमा बीमालेख नविकरण गर्दा छुट प्रदान गरिएको ब्याज जरिवाना वापतको रकम कम्पनीबाट कट्टा गरिनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com