‘वान बाई मेटलाइफ मेला’ द्वारा ग्राहक सेवालाई प्रतिबद्धता

‘वान बाई मेटलाइफ मेला’ द्वारा ग्राहक सेवालाई प्रतिबद्धता

बुधवार, असोज १० २०८०
बुधवार, असोज १० २०८०
  • images
    images
    ‘वान बाई मेटलाइफ मेला’ द्वारा ग्राहक सेवालाई प्रतिबद्धता
    images
    images

    बिमा क्षेत्रमा आफ्नो नयाँ वान बाई मेटलाइफ एपको भव्य सुरुवात पछि, मेटलाइफ नेपालले आफ्ना सबै एजेन्टहरूका लागि ‘वन बाइ मेटलाइफ मेला’ आयोजना गरेको थियो । 
    जसले ग्राहकहरूलाई सेवा दिने र उनीहरूलाई स्वस्थ, लामो जीवन जिउन मद्दत गर्ने साझा प्रतिबद्धतालाई सुदृढ गरेको छ ।

    वान बाई मेटलाइफमार्फत, मेटलाइफ नेपालले नेपालीहरूका लागि डिजिटल बिमा र स्वास्थ्य सेवा ल्याएको छ, जुन पहिले कहिल्यै नभएको कम्पनीले जनाएको छ । 
    एजेन्टहरूका लागि मेटलाइफले मेलामा एपका बारे प्रत्यक्ष प्रदर्शनहरू, सुविधाहरूका बिफ्रिङ, र ह्यान्ड–अन सत्रहरूकोबारे जानकारी प्राप्त गराएको थियो । 

    एपको प्राथमिक उद्देश्य परिवर्तनकारी सुविधाहरूको बारे समर्पित एजेन्टहरूलाई सशक्त र शिक्षित गर्नु रहेको जनाएको छ । जसले उनीहरुले स्वस्थ र अधिक सुरक्षित भविष्यको लागि अत्याधुनिक बिमा र स्वास्थ्य सेवाहरू पहुँच गर्न ग्राहकहरूलाई मार्गदर्शन दिन सक्नेछन् । 

    यस कार्यक्रमले मेटलाइफ नेपालले आफ्ना एजेन्टहरूको व्यावसायिक विकास र ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने क्षमतालाई पनि जोड दिएको छ ।

    मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, “मेटलाइफले रमाइलो सिकाइ अनुभवहरूको शक्तिमा विश्वास गर्दछ, त्यसैले हामीले यस मेलामा आवश्यक ज्ञानहरु सहित रमाइलो गतिविधिहरू मिसाएका छौँ । 
    उत्कृष्ट प्रविधि र हाम्रो सक्रिय टोलीलाई सँगै ल्याएर, हामी हाम्रा ग्राहकहरूलाई लामो समयसम्म स्वस्थ बाँच्न र थप आत्मविश्वासी भविष्य निर्माण गर्नका लागि कदम चाल्न प्रेरित गर्ने आशा गर्छौं ।“

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com